गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।
लिफ्ट खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर र डोजर चलाउँदा जमीन कमजोर बनेकाले खानेपानी आयोजनामाथिको बस्ती भासिने र पहिरो जाने भएको हो । यस स्थानका दुई पक्की घर चर्किएको तथा अन्य घर उच्च जोखिममा रहेको विस्थापित भएका घरधनी द्वारिका शाक्यले जानकारी दिए ।
दुई पक्की घरको पछाडिको पिलरसम्म पहिरो गएको र अन्य स्थानमा जमीन चर्केका कारण विस्थापन हुनुपरेको शाक्यको भनाइ छ । पहिरो गएपछि सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । पहिरो गएको र जमीन चर्केका स्थानमा प्राविधिक आएर बस्न नमिल्ने भनेपछि भाडाको घरमा सरेको शाक्यको भनाइ छ । घर उच्च जोखिममा परेपछि शाक्यका परिवार र यहाँका अन्य दुई घर विस्थापित भएर अन्य स्थानमा सरेका छन् भने अन्य घरसमेत विस्थापित हुने क्रम जारी छ । निरन्तरको वर्षात्का कारण बस्ती नजीकै रहेको कालिका कन्या मन्दिर विद्यालयसमेत जोखिममा परेको छ ।
पहिरो जान थालेपछि घर जोखिममा परेकाले जिल्ला प्रशासन कार्यालय, नगर खानेपानी तथा बागलुङ नगरपालिकालगायत निकायमा निवेदन दिइएको पहिरोपीडित शुभकुमारी श्रेष्ठले जानकारी दिइन् । बस्तीमुनि खानेपानी आयोजना बनाउँदा पहिरो गएका कारण माथिको बस्तीमा समस्या भएको हो । कम्फुटोलको घर वरिपरिको जमीन नै भासिन थालेको तथा अर्कातिर बजार क्षेत्रबाट आउने भलको व्यवस्थापनका लागि बनाइएको कुलोले घर धरापमा परेको श्रेष्ठले बताइन् । “कुलोको सही व्यवस्थापन नै छैन, ढलान गरेको सबै फुटेको छ, पानी जमीनभित्र भित्र गएर घर नै जालाजस्तो भइसक्यो”, उनले भने, “दिउँसो पसल गछौँ, राति भने भाडाको घरमा बस्न जाने गरेका छौँ ।” जतिसक्दो सम्बन्धित निकायले जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: