३० असार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा रामशरण महतले मङ्गलबार व्यवस्थापिका–संसद्मा पेस गरेको बजेट पूर्वाग्रही र एकपक्षीय भएको बताएका छन् ।
संविधानसभा भवन नयाँ वानेश्वरमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटमा भएका कमजोरी र पूर्वाग्रहबारे सरकारको अगुवाइ गरिरहेको नेपाली काँग्रेसले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका एमालेका सभासद् भानुभक्त ढकालले जानकारी दिए ।
आफ्ना सांसदहरुलाई संसद्को बैठकमा सोही रुपमा प्रस्तुत हुन निर्देशित गर्दै अध्यक्ष ओलीले भभने, \'बजेटलाई हेर्दा यो मुलुक काँग्रेस एक्लैले चलाएको जस्तो भान भयो, यो हुनु दुःखद् हो । यसको हामी प्रतिवाद गरेर अघि बढ्छौँ ।\'
बैठकमा बजेटका राम्रा नराम्रा र कमजोरीका पक्षबारे छलफल भएको थियो । सोबारे राष्ट्रिय योजना आयोगमा पार्टीका तर्फबाट पठाइएका सदस्य प्रेम दङ्गाल लगायतले ब्रिफिङ गरेका थिए।
त्यस्तै नेता माधवकुमार नेपालले सञ्चारकर्मीसँग भने, \'बजेटमा राजनीतिक गन्ध देखियो । सत्ता साझेदार दलसँग पनि खुल्ला छलफल नगरी ल्याइयो । यसबाट एमालेको चित्त दुखेको छ ।\'
नेता नेपालले आग्रह र पूर्वाग्रहका साथ बजेट ल्याइएको, राष्ट्रिय गौरवका आयोजनालाई महत्व नदिइएको, पुष्पलाल, मदन भण्डारीजस्ता नेताका नामका कार्यक्रम र त्यससम्बन्धी प्रस्तुतिमा सम्मानजनक स्थान नदिएको टिप्पणी गरे ।
बैठकमा नेता नेपाल, उपाध्यक्ष विद्या भण्डारी, नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक अग्निप्रसाद खरेललगायतले बोलेका थिए। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: