Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

बजेट पूर्वाग्रही र एकपक्षीयः एमालेका अध्यक्ष अाेली

\"kp-oli-640\"३० असार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा रामशरण महतले मङ्गलबार व्यवस्थापिका–संसद्मा पेस गरेको बजेट पूर्वाग्रही र एकपक्षीय भएको बताएका छन् ।

संविधानसभा भवन नयाँ वानेश्वरमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटमा भएका कमजोरी र पूर्वाग्रहबारे सरकारको अगुवाइ गरिरहेको नेपाली काँग्रेसले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका एमालेका सभासद् भानुभक्त ढकालले जानकारी दिए ।

आफ्ना सांसदहरुलाई संसद्को बैठकमा सोही रुपमा प्रस्तुत हुन निर्देशित गर्दै अध्यक्ष ओलीले भभने, \'बजेटलाई हेर्दा यो मुलुक काँग्रेस एक्लैले चलाएको जस्तो भान भयो, यो हुनु दुःखद् हो । यसको हामी प्रतिवाद गरेर अघि बढ्छौँ ।\'

बैठकमा बजेटका राम्रा नराम्रा र कमजोरीका पक्षबारे छलफल भएको थियो । सोबारे राष्ट्रिय योजना आयोगमा पार्टीका तर्फबाट पठाइएका सदस्य प्रेम दङ्गाल लगायतले ब्रिफिङ गरेका थिए।

त्यस्तै नेता माधवकुमार नेपालले सञ्चारकर्मीसँग भने, \'बजेटमा राजनीतिक गन्ध देखियो । सत्ता साझेदार दलसँग पनि खुल्ला छलफल नगरी ल्याइयो । यसबाट एमालेको चित्त दुखेको छ ।\'

नेता नेपालले आग्रह र पूर्वाग्रहका साथ बजेट ल्याइएको, राष्ट्रिय गौरवका आयोजनालाई महत्व नदिइएको, पुष्पलाल, मदन भण्डारीजस्ता नेताका नामका कार्यक्रम र त्यससम्बन्धी प्रस्तुतिमा सम्मानजनक स्थान नदिएको टिप्पणी गरे ।

बैठकमा नेता नेपाल, उपाध्यक्ष विद्या भण्डारी, नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक अग्निप्रसाद खरेललगायतले बोलेका थिए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending