Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

अझैँ सकिएन व्यवसायि र श्रम मन्त्रालय बिचको वार्ता

असार ३० काठमाडौ । श्रम मन्त्रालयले फ्रि भिसा–फ्रि टिकटको व्यवस्था गर्ने निर्णय गरेपछि विरोधमा उत्रिएका मेनपावर कम्पनीका व्यवसायी र श्रम मन्त्रालय बिचको वार्ता पटक–पटक बस्दा पनी निश्कर्षमा पुग्न सकेको छैन । मेनपावर ब्यवसायी र सरकारबीचको वार्ता बुधवार दोस्रो दिन पनि जारी छ । फ्री भिसा र फ्री टिकटको विरोधमा आन्दोलनमा उत्रिएका मेनपावर ब्यवसायीसँग मंगलवारदेखि औपचारिक वार्ता शुरु भएको हो । दुई पक्षबीच अधिकांश विषयमा मौखिक सहमति भए पनि फ्री भिसा र फ्री टिकटको विषयमा सहमति हुन सकेको छैन । अधिकांश विषयमा मंगलवार नै मौखिक सहमति जुटेपछि फ्री भिसा फ्री टिकटको निर्णय खारेज, कामदारको भिसा प्रोसेसिङको काम गर्ने भन्दै स्वीकृति दिइएको भीएलएन नेपाल बन्द र बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने विषयमा सहमति जुट्न सकेको छैन । बुधबार बिहान श्रम मन्त्रालयमा भएको वार्तामा फ्री भिसा फ्री टिकट, भीएलएन नेपाल र बायोमेट्रिक प्रणालीको विषयमा छलफल भएको थियो । झण्डै १५र१५ वटा बुँदामा सरकार सकारात्मक भइसकेको र बाँकी विषयमा आज सकारात्मक भएपछि लिखित सहमति गरिने भएको छ । मेनपावर ब्यवसायमा अनुगमन, पूर्व स्वीकृति, संस्था नवीकरण लगायतका व्यवसायीलाई नियतवश दुःख दिइने विषयहरुमा सकारात्मक छलफल भएको छ रोजगार व्यवासायिसंघका महासचिव रोहन गुरुङले बताए  । बुधबार दिउँसो तीनबजे हुने वार्तामा मुख्य विषयमा छलफल गरी लिखित सहमति गरिने महासचिव गुरुङले बताए । सराकारले मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा बैशाष २१ गते देखी फ्रि भिसा– फ्रि टिकट बाहेक कसैलाई नपठाउने निर्णय गरेपछि म्यानपावर कम्पनिका सञ्चालक व्यवसायिहरु आन्दोलित बनेका हुन् । वार्ता चलिरहे पनि व्यवसायिहरु भने खारेजिको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending