Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

देवघाटमा बन्ने भो वृद्धग्राम

चितवन । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ । हाल केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पुर्याइने छ ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका छन् । उनले अब मापदण्ड पूरा गरी आएका वृद्धवृद्धालाई राख्न सकिने जानकारी दिए। सन्तान र सन्तती नभएका, ६५ वर्ष नाघेक, मानशिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एवं चिकित्सकले प्रमाणित गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ ।

उनले हाल केन्द्रमा जाजरकोटदेखि सुनसरीसम्मका वृद्धवृद्धा रहेको, पछिल्ला वर्षमा दाताको राम्रो सहयोग पाएको तथा दूध र सागसब्जी बाहेक खाद्यान्न किन्नु नपरेको बताए । वार्षिक रुपमा रु ३५ लाख हाराहारी खर्च हुने गरेकोमा झण्डै आधा दाताले धानेको समितिले जनाएको छ । विभिन्न व्यक्तिले विवाह उत्सव, जन्म, श्राद्ध, सङ्घसंस्थाको स्थापना दिन वृद्धवृद्धालाई खाना खुवाउने, लत्ताकपडा दिने, स्वास्थ्य परीक्षणमा सहयोग गर्ने गरेका छन् । केन्द्रमा ६ जना कर्मचारी कार्यरत रहेका छन् । केन्द्रलाई विस्तार गरी वृद्धग्राम बनाउन लागिएको छ ।

करिव १०० जना वृद्धवृद्धा बसेर विभिन्न गतिविधिमा समावेश हुन सक्ने गरी ग्राम बनाउन लागिएको छ । उनले भने “वृद्धवृद्धाहरुले यहाँ आनन्दको अनुभूति गर्न सक्ने गरी ग्राम बनाउँछौँ ।” यहाँ आउने वृद्धहरुलाई आफ्नो जीवन मिल्किएको नभएर सम्मानित हो भन्ने अनुभूति दिलाउने गरी ग्राम बनाउन लागिएको केन्द्रले जनाएको छ ।

आगामी वर्षको बजेटमा रु ८० लाख हाराहारी राखेर काम अघि बढाउने उनको भनाइ छ । सरकार र निजी विभिन्न सङ्घसंस्थासँग बजेट जुटाएर उत्कृष्ठ ग्राम बनाउन लागिएको केन्द्रका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । देवघाट धार्मिक दृष्टिले निकै महत्वपूर्णस्थल भएकाले धेरैले आफ्नो जीवनको अन्तिम क्षण यहाँ बिताउन चाहने गरेको उनको भनाइ छ । देवघाटमा रहेका निजी र सामाजिक क्षेत्रबाट सञ्चालित वृद्धाश्रम, आश्रम, मठमन्दिर, कुटी लगायतमा वृद्धवृद्धा बस्ने गर्दछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy