पोखरा । कोभिड– १९ को कारण जारी बन्दाबन्दीले व्यवसाय ठप्प भएकाले वित्तीय संस्थाबाट लिइएको कर्जाको भुक्तानी आगामी दुई वर्षसम्म तिर्न नसक्ने पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गरी सहज परिस्थितिमा नियमित कर्जा बुझाउँदै आएका व्यवसायीले अहिलेको कठिन अवस्थामा वित्तीय संस्थाका लागि कर्जा बुझाउन सक्ने अवस्था नरहेकाले प्रदेश सरकारमार्फत बुँदागत रुपबाट ध्यानाकर्षण गराएको छ ।
परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले समयमै आफूहरुको माग सम्बोधन नभए व्यवसायको तालाचाबी नै बैंकलाई बुझाउन बाध्य हुने चेतावनी दिए । उनले भने, “वित्तीय संस्थाबाट लिइएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना छैन, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीका कर्जाको भुक्तानी तालिकालाई पुनर्तालीकीकरण गर्नुपर्छ ।”
कोरोना भाइरसबाट प्रभावित व्यवसायलाई छुट्याइएको रु एक खर्बको पुनर्कर्जा कोष र रु ५० अर्बको व्यवसाय सञ्चालन कोषको उपयोग पूर्णरुपमा समानुपातिक र सरलीकृत हुनुपर्ने र विशेष गरी साना मझौलास्तरका व्यवसायीलाई प्राथमिकतामा राख्ने गरी थ्रेसहोल्ड सीमा ९अधिकतम रु १० लाख ० राखेर सरल र सहज प्रक्रिया अपनाउन बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकबाट निर्देशन दिन परिषद्ले अनुरोध गरेको छ ।
परिषद्का उपाध्यक्ष गोपी भट्टराईले सरकारले कृषिमा जस्तै पर्यटनमा पनि रकम छुट्याएर सहुलियत प्रदान गर्नुपर्ने बताए । बैंकको ब्याजलाई पाँच प्रतिशत ब्याजदरमा बढीमा रु १० लाखको थ्रेस होल्ड कायम गरी व्यवसायीको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए । परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पर्यटनलाई प्राथमिकता राखेर सम्बोधन गर्नुपर्ने बताए । परिषद्का महासचिव दिल गौतमले गण्डकी प्रदेशमा बैंक तथा वित्तीय क्षेत्रको करीब रु ७५ अर्ब पर्यटन क्षेत्रमा लगानी भएको जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: