Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

ओलीसँग साढे २ घण्टा छलफल गरेर निस्किय प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानतर्फ उन्मुख नभईरहेको बेला आइतबार अपरान्ह प्रचण्डले ओलीसँग साढे दुई घण्टा छलफल गरेका छन् ।

के विषयमा छलफल भयो भन्ने कुरा नखुलेपनि सवा ४ बजे बालुवाटार पुगेका प्रचण्ड पौने सात बजे बाहिरिएका थिए ।

आजको छलफलमा पार्टी एकताका दुई साक्षि महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्य जनार्दन शर्मालाई पनि सँगै राखिएको बताइएको छ ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आउँदो मंसिरमा पार्टीको मिनि महाधिवेशन गरेर अध्यक्ष पद छोड्ने प्रस्ताव गरेका थिए ।

शनिबार साँझ नै ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवि भण्डारीसँग झण्डै दुई घण्टा पार्टी विवादकै विषयमा छलफल गरेको बताइएको छ ।

कार्यकारी अध्यक्षसमेत रहेका प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबिचको समिकरणमा रहेका बहुमत नेताहरुले पार्टी र सरकार संचालन गर्न नसकेको भन्दै ओलीको राजिनामा मागेपछि चुलिएको विवाद पार्टी फुटसम्मको जोखिममा छ ।

दुवै पद नछोड्ने अडानमा रहेका ओली र कम्तिमा एक पद छोड्नुपर्ने अडानमा रहेका प्रचण्ड–नेपाल पक्षबिच सहमतिको बिन्दु भेटिइनरहेको नेकपाका नेताहरुले बताएका छन् ।

पटकपटक स्थायी समितिको बैठक स्थगित गरेर सहमति खोजिरहेको नेकपाले आइतबार अपरान्हको स्थायी समितिको बैठक दुईदिनका लागी स्थगित गरिसकेको छ ।

यसअघि आइतबार विहानै प्रचण्डले नेपाल लगायत स्थायी समितिका करिब एक दर्जन सदस्यहरुसँग छलफल गर्दै आफुले ओलीसँग मिनि महाधिवेशनको सहमति नगरेको प्रष्टीकरण दिएका थिए । नेपाल पक्ष लगायतकाले दुई अध्यक्ष मिलेका हुन् कि भनेर गरेको आशंकालाई निवारण गर्न प्रचण्ड उक्त बैठकको आयोजना गरेको बताइएको छ ।

बालुवाटारमा ओली–प्रचण्डबिच के छलफल भयो भन्ने विषय खुलेको छैन ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending