Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

कोरोना महामारीमा ‘स्वयंसेवी’ लाई २१ लाख ३५ हजार पारिश्रमिक

सेवाभाव र निर्देशिका विपरीत रकम वितरण भएकोमा विरोध

बाँके । कोरोना महामारीमा निःशुल्क सहयोग गर्नुपर्ने सबै नागरिकको दायित्व भए पनि नरैनापुर गाउँपालिकाले ‘स्वयंसेवी’लाई पारिश्रमिक र खाजाभत्तामा २१ लाख रुपैयाँ खर्चेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाका लागि २१ लाख ३५ हजार ६ सय रुपैयाँ पेस्की दिएर पारिश्रमिक बाँडेको हो । गाउँपालिका विपत् व्यवस्थापन शाखाले रकम वितरणमाथि प्रश्न उठाएको छ ।

गाउँपालिकाले सात–सात जनाका दरले १७ वटा क्वारेन्टाइनमा व्यवस्थापन समिति गठन गरेको थियो । त्यसबाहेक एउटा सातसदस्यीय मूल व्यवस्थापन समिति पनि बनेको थियो । उनीहरूको पारिश्रमिक र खाजाभत्ताका लागि गाउँपालिकाबाट मूल व्यवस्थापन समितिमार्फत पेस्की लिएर रकम वितरण गरिएको हो । मंगलबारसम्म एक सय ४४ मध्ये ८८ जनाले भत्ता बुझिसकेका छन् ।

क्वारेन्टाइन मूल व्यवस्थापन समितिका संयोजक बृजेन्द्र यादवले एक सय ४४ जनाको २१ लाख ३५ हजार पाँच सय रुपैयाँ पेस्की लिएको बताए । यादव जयकिसान माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन् ।

उनले क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यमध्ये हरेक क्वारेन्टाइनमा दुई–दुई जनालाई भान्से, सरसफाइकर्मी र सहयोगी तथा एक जनालाई सुपरभाइजरका रूपमा परिचालन गरी पारिश्रमिक वितरण गरेको बताए । संयोजक यादवका अनुसार क्वारेन्टाइनमा खाना–नास्ता पकाउने दुई जनालाई दैनिक आठ सयका दरले र अन्यलाई पाँच सयका दरले पारिश्रमिक वितरण गर्ने निर्णय भएको थियो ।

पालिकास्तरीय विपत् व्यवस्थापन समिति गठन गर्ने नीतिगत व्यवस्था नभए पनि नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले क्वारेन्टाइन मूल व्यवस्थापन समिति गठन गरेको थियो । समितिलाई आवश्यकताअनुसार क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने अधिकार दिएको गाउँपालिका विपत् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले बताए ।

मिश्राले कार्यपालिका बैठकले खाना पकाउने दुईजनालाई दैनिक आठ सयका दरले र अन्य पाँचजना सदस्यलाई दैनिक पाँच सयका दरले पारिश्रमिक दिने निर्णय कुन आधारमा भयो भन्ने आफू अन्योलमा परेको बताए ।

‘व्यवस्थापन समिति सदस्यलाई पारिश्रमिक दिने क्वारेन्टाइन व्यवस्थापन कार्यविधि र निर्देशिकामा उल्लेख भएको देखिँदैन,’ उनले भने, ‘तर, नरैनापुर गाउँपालिकाको कार्यपालिकाले कुन नीति र कार्यविधिमा टेकेर निर्णय गरेको हो बुझ्न सकिएन ।’

संयोजक यादवले आफ्नो नेतृत्वमा भएको समितिका सहसंयोजक र सदस्यको बैंक खातामा रकम जम्मा गरिसकेका छन् । यद्यपि, उनले आफूले अन्तिममा रकम लिने बताएका छन् । समितिको सहसंयोजकमा वीरेन्द्र श्रीवास्तव समाजसेवी तथा सदस्यहरूमा सज्जाक खाँ, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जमुनाहका शिक्षक, सिकन्दर अली शिक्षक, आरिफ खाँ, कर्मचारी–नरैनापुर गाउँपालिका–१, अरुण यादव शिक्षक र शिवचरण यादव सदस्य–महेन्द्र मावि, मटेहियाका लेखापाल हुन् ।

संयोजक यादवले डोर हाजिरीका आधारमा पारिश्रमिक व्यवस्थापन समिति सदस्यलाई चेकमार्फत भुक्तानी गर्दै आएको बताए । ६ साउनसम्म ८८ जनाको खातामा रकम जम्मा भएको छ । ‘दुई–चार जनाको खातामा पैसा जम्मा गर्न झन्झट हुने भएकाले २०–२५ जनाले खाता खोलेपछि एकैसाथ रकम जम्मा गर्ने योजना छ,’ बाँकीलाई पैसा दिने विधिबारे उनले भने ।

मूल समितिका सहसंयोजक श्रीवास्तवले समितिमा बसेर काम गरेबापत ४८ हजार रुपैयाँ पाएको बताए । उनले कार्यपालिकाले निर्णय गरेको पारिश्रमिक आफूले लिएको बताउँदै काम गरेबापतको पारिश्रमिक फिर्ता नगर्ने बताए ।

समिति गठन हुने समयमा कुनै पारिश्रमिक नलिने घोषणा गरेकाको नाममा समेत रकम जम्मा भएपछि समितिका सदस्यद्वय सज्जाक खाँ र शिवचरण यादवले विपत् व्यवस्थापन कोषमा रकम फिर्ता गरेको पत्र गाउँपालिकालाई पठाएका छन् ।

‘एसएमएस आउनासाथ उक्त रकम विपत् व्यवस्थापन कोषको खातामा जम्मा गर्न चेक काटेको थिएँ, तर बैंकले जम्मा गर्न मानेन,’ खाँले भने, ‘म बैंकमै फिर्ता गर्छु ।’ उनी नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनाहका प्रधानाध्यापक हुन् ।

उनले लकडाउनका वेलासमेत सरकारले तलब, भत्ता दिएकाले थप पारिश्रमिक नलिएको बताए । ‘विपतका वेला १० रुपैयाँ भए पनि राज्यलाई सहयोग गर्नुपर्ने ठाउँमा पारिश्रमिक लिन मेरो मनले मानेन । मैले पारिश्रमिक बापत पाएको ४८ हजार रुपैयाँ विपत् व्यवस्थापन कोषमा फिर्ता गर्ने निर्णय गरें,’ उनले भने ।

अर्का सदस्य शिवचरण यादवले पनि रकम फिर्ता गर्न चेक तयार पारेका छन् । ‘चेक तयार छ, बैंकको नियमित कामकाज सुरु हुनासाथ कोषको खातामा रकम जम्मा हुन्छ,’ यादवले भने । यादव महेन्द्र मावि मटेहियाका लेखापाल हुन् ।

निःस्वार्थ भावले सेवा गर्न समितिमा बसेकाले पाएको ४८ हजार रुपैयाँ कोषमा फिर्ता गर्ने निर्णय गरेको उनले बताए । ‘मैले लाभका लागि नभई सेवाभावका साथ काम गर्न समितिमा बसेको हुँ । देशलाई दिने ठाउँमा लिन राम्रो लागेन,’ उनले भने ।

तर, मूल समितिका संयोजक यादवले पारिश्रमिक बापतको रकम फिर्ता गर्ने विषयमा केही निर्णय नगरेको बताए । उनले अरूलाई बाँडेर सकेपछि मात्र आफूले पारिश्रमिक लिने–नलिने निर्णय गर्ने बताए । ‘अरूलाई खुवाएर मात्र घरको मूलीले खानुपर्छ । म पनि अरूलाई बाँडेर बच्यो भने खान्छु,’ उनले भने, ‘तैपनि पारिश्रमिक लिने–नलिने अझै निक्र्योल गर्न बाँकी नै छ ।’

\"\"

क्वारेन्टाइन व्यवस्थापन मूल समितिले १५ चैतबाट काम थालेको थियो । भारतबाट आएर नरैनापुर गाउँपालिका–५ मटेहियास्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भयो । तर, त्यहाँ मूल समितिका संयोजक, उपसंयोजक र सदस्य गएका थिएनन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष समेत गएका थिएनन् ।

आदर्श मावि लक्ष्मणपुर क्वारेन्टाइनमा बसेकामा कोरोना पुष्टि भयो । उनीहरूले नेपालगन्ज र दाङको आइसोलेसनमा नजाने भन्दै विद्रोह गरे । स्थानीय नेताले उक्त क्वारेन्टाइनमा भेटिएका कोरोना संक्रमितलाई भगाउन सहयोग गरे । त्यहाँ पनि संयोजक, सहसंयोजक र अन्य तीनजना सदस्यले मुख देखाएनन् । बरु उनीहरू फोन स्विच्ड–अफ गरेर बसेको भन्दै विरोध भयो ।

तर, तिनै संयोजक, सहसंयोजक र अन्य तीन जना सदस्य पारिश्रमिक बापतको रकम लिन अगाडि देखिए । यसबारे पारिश्रमिक नबुझ्ने सज्जाक खाँले भने, ‘घर र समाजका मान्छेले कोरोना सार्ने भए भन्दै गाली गर्न थालेपछि कर्मचारी आवासगृहमा गएर बस्न थाल्यौं ।

कर्मचारीले त्यहाँ पनि छिःछि दुरदुर गरेर हैरान बनाए । काम गर्दा अनेकौं खालका दुःख झेल्यौं, तर समुदायस्तरमा कोरोना संक्रमण फैलिनबाट जोगायौं । यसैमा सबैभन्दा खुसी लाग्छ । कतिपय मिलेर ज्यान जोगाउने वेला पैसाको लोभमा लागे ।’

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साह भन्छन्– ढुकुटी रित्याउने हाम्रो रहर होइन, बाध्यता हो
नरैनापुरमा कोरोना संक्रमण देखिएपछि फिल्डमा खटिने कोही पनि थिएन । लकडाउन भएपछि कर्मचारी पनि आ–आफ्नो घर गइसकेका थिए । भारतबाट आउने नेपालीको सीमामा भिड थामिनसक्नु थियो । जताततै कोरोनाको सन्त्रास थियो । सबै घरभित्र लुकेर बसेका थिए । पारिश्रमिक नदिए क्वारेन्टाइन व्यवस्थापनमा खटिने कोही थिएनन् ।

त्यसैले गाउँ कार्यपालिकाले क्वारेन्टाइन व्यवस्थापन मूल समिति गठन गरी पारिश्रमिक दिने निर्णय गरेको हो । काम गर्नेले पारिश्रमिक पाउनु स्वाभाविक हो । सरकारी नियमअनुसार पारिश्रमिक दिने निर्णय गरेको हो ।

क्वारेन्टाइन व्यवस्थापनमा खटिनेलाई पारिश्रमिक नदिँदा फिल्डमा कोही खटिने थिएनन् । फिल्डमा कोही नखटिँदा कोरोनाले नरैनापुरलाई सखाप पार्ने लागेपछि कार्यपालिकाको बैठकले पारिश्रमिक दिने निर्णय गर्‍यो । पारिश्रमिक दिएर सरकारी ढुकुटी रित्याउने हाम्रो रहर होइन, बाध्यता हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy