Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

उपस्वास्थ्य चौकी भवन निर्माणले असुरकोटवासीमा हट्यो डर

३१ असार, अर्घाखाँची । अर्घाखाँची जिल्ला असुरकोट गाविसमा विगतका दिनहरुमा स्वास्थ्य संस्थामा उपचार र परामर्शका लागि असुरकोटवासीहरु जान संकोच मान्दथे एउटा कोठाबाट नै सबै प्रकारका सेवा प्रदान गर्दा अधिकांश किशोर किशोरी तथा गर्भवती महिला लगायत परिवार नियोजन सम्वन्धि सेवा लिन गएका मानिसहरु दिन भरी कार्यालयमा अन्य व्याक्तिको अनुपस्थितीमा सेवा लिनको लागि पर्खाइमा बस्नु पर्ने अवस्था थियो । सम्बन्धित सेवाग्रही सेवा लिन पर्खाइमा पालो बस्दाबस्दै घोषित  कार्यालय समय सकिँदा निराश मनस्थिती लिई घरतर्फ सेवाग्राहीहरु फर्कन बाध्य हुने गर्दथे भने स्वास्थ्य संस्थामा सेवा लिन पर्खाइमा रहँदा उक्त भवनको जिर्ण अवस्थाले गर्दा आम सेवाग्राही थप मानसिक डर र त्रासमा रहने गरेका थिए । आम असुरकोटवासी जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने निकाय विगतमा असुरकोट गाविस वार्ड नं २ मा आफै नै जर्जर र दयनीय अवस्थामा रहको थियो । जुन आम असुरकोटवासी जनताहरुको पहुंचमा थिएन । यहाँका बासिन्दाहरुको एकता र सहभागितामा असुरकोट गाविस वार्ड नं. ५ मा ३ रोपनी जग्गा खरिद गरी आम असुरकोटवासीहरुको प्राथमिकीकरणको आधारमा २०७१।०७२ को गाविस परिषद्द्वारा उपस्वास्थ्य चौकीको भवन निर्माण गर्ने उद्देश्यले रु १,५५,०००।— विनियोजन गरिएको थियो । गाविसको प्रयासलाई सार्थक तुल्याउन जिल्ला विकास समिति अर्घाखाँचीद्वारा प्रथम पटक उक्त कार्यका लागि रु ५,००,०००।—विनियोजन गरिएको थियो। यो योजनालाई प्रभावकारी रुपमा व्यावस्थित र पारदर्शी तरिकाले सम्पन्न गर्नको लागि कविराज शर्माको अध्यक्षतामा ६ जना पुरुष तथा ३ जना महिला गरी जम्मा ९ जनाको उपभोक्ता समिति निर्माण गरिएको थियो। उपभोक्त समिति निर्माण सँगै यो योजना सम्पन्न गर्नको लागि वार्ड न. १ देखी ९ सम्मका आम असुरकोटवासी नागरिकहरुले करिव २ लाख वरावरको जनश्रमदान गर्दै भवनको लागि आवस्यक ढु∙ा संकलन गर्ने कार्य  गरेका थिए। आम जनमानसद्धारा यो भवन निर्माणका लागि समयमा नै आ—आफ्नो कर्तव्य र दायित्व पुरा गरेकाले यो भवन निर्माणका लागि गठित उपभोक्ता समितिले निर्धारित समय भन्दा नै अगाडि इष्टिेमेट अनुसार ३ कोठे भवनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गरेको कारण जिल्ला विकास समिति अर्घाखाँचीद्धारा थप रु.५,००,००० लाख पुरस्कार स्वरुप प्रदान गरिएको थियो। प्राय योजना हरु समयमा सम्पन्न गर्न नसक्नु आर्थिक वर्षको अन्त्यमा मात्र कार्य शुरु गर्नु तथा स्थानिय तहमा योजना प्रती अपनत्व जगाउन नसकि जनश्रमदानको अभावमा योजनाहरु अलपत्र पर्ने अवस्थामा रहने प्रवृतीको अन्त्य गर्दै उपस्वास्थ्य चौकीको भवन निर्माणका लागि गठित उपभोक्ता समितिले योजनालाई प्रभावकारी तथा पारदर्शी तरिकाले समयमा नै सम्पन्न गर्नु एक आफैमा उदाहरणिय कार्य भएको छ। यस योजनाको सम्पन्नताले करिव ४५० घरधुरी जसमा १०५ घरधुरी दलित, १९० घरधुरी जनजाती तथा १५५ घरधुरी व्राह्मण क्षेत्रीका गरी करिव जम्मा २२६३ जना व्याक्तिहरु प्रत्यक्ष रुपमा स्वास्थ्य सेवावाट लाभान्वित हुने देखिन्छ। यो भवनको निर्माण सँगै उपस्वास्थ्य चौकी वाट प्रदान गरिने सेवा यसै भवनद्धारा प्रदान गर्न शुरु गर्न थालिए पश्चात उक्त भवन निर्माण कार्यका लागि गठित उपभोक्ता समितिका अध्यक्षका विचारमा पूरानो र जिर्ण भवनमा सेवा लिन जादा आम नागरिकमा परेको मानसिक त्राश हटी निर्धक्कका साथ सेवा लिन र दिन दुवै निकायलाई सहज वातावरण भएको छ साथै किशोर किशोरी तथा गर्भवती महिला लगायत परिवार नियोजन सम्वन्धि सेवा लिन आएका आम सेवाग्राहीमा पालो पर्खनु पर्दा पनि कुनै मानसिक त्राश नभएको साथै सेवाको प्रकृती अनुसार अलग अलग कोठामा सेवा दिन शुरु गरिएको वताए। यसरी तोकिएकै समयमा निर्धारित मापदण्ड मै यो कार्य सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण उपभोक्ता समितिको समुह लगायत आम असुरकोटवासी नागरिक प्रती अध्यक्ष शर्मा कृतज्ञ भएको तथा भवन निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने निकाय जिविस अर्घाखाँची र गाविस परिवारलाई हार्दिक धन्यवाद दिएको वताए। यसै गरी भवन निर्माणको लागि गठित उपभोक्त समितिका सचिव भवानी वहादुर घर्तीले यो योजनामा सम्पूर्ण सेवाग्राहीहरुले आफ्नै योजना सम्झी कार्य गरेकोले समयमा नै गुणस्तरयुक्त निर्माण भएको साथै योजनाको समाप्ती सँगै आम सेवाग्राहीमा खुसियाली छाएको धारणा व्याक्त गरेका थिए । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, स्थानिय शाशन तथा उत्तरदायी संयन्त्रको सचिवालय ललितपुरको सहयोगमा लुम्विनि सामाजिक विकास केन्द्रद्धारा सहजीकरण गरिएको “स्थानिय निकायको नीतिगत पालना व्यावस्था अनुगमन” अन्र्तगत असुरकोट गाविसमा गरिएको भौतिक पूर्वाधार अन्र्तगतका योजनाको अनुगमन सहजीकरणमा गाविसमा उल्लेखनिय कार्य भएको कार्यक्रमका कार्यक्रम संयोजक सुरज शारुले वताए। गाविसमा यो वर्षको वजेट विनियोजन दिर्घकालिन रुपमा आम सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा लाभ प्राप्त हुने गरी भएको तथा यो योजना प्रभावकारी तथा पारदर्शी तरिकाले कार्यान्वयन भएको तथा उपभोक्ता समितिको सक्रियतामा मिति २०७२।०३।१४ गते आम लाभग्राहीको उपस्थितीमा उक्त योजनाको सार्वजनिक  परिक्षण समेत सम्पन्न भएको असुरकोट गाविसका गाविस सचिव मदन वेल्वासेले वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy