काठमाडौं। काठमाडौं उपत्यकाका ३ जिल्लामा ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुरमा १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो।
२४ घन्टाको अपडेटमा बिहीबार उपत्यकामा ४८ जनामा संक्रमण देखिएको थियो। सरकारले कोरोना परीक्षणको दर घटाउँदै लगे पनि संक्रमणको दर भने बढ्दै गएको हो।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ३ जना, ललितपुरका २ जना, पाटन अस्पताल ललितपुरमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै वीर अस्पताल काठमाडौंमा, काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १८ जना, ललितपुरका १ जना, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा, भक्तपुरका १ जना छन्।
तीन साताअघि सरकारले कोरोना संक्रमणका दृष्टिले काठमाडौं उपत्यका तुलनात्मक रुपमा सुरक्षित स्थानका रुपमा विश्लेषण गरेको थियो। तर, पछिल्ला तीन हप्तामा सरकारको समर्थन र विरोधमा गरिएका विरोध प्रदर्शनहरुले कोरोनाको जोखिम बढाइदिएका छन्।
नेकपाभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले आफू समर्थित युवा र विद्यार्थीलाई बोलाएर आन्दोलनको निर्देशन दिएका थिए। तर, विज्ञहरुले आन्दोलनले कोरोना संक्रमण बढ्ने भन्दै त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनी दिएका थिए।
सरकारको समर्थनमा बिना मास्क प्रधानमन्त्रीका समर्थकहरु सडकमा निस्किएका थिए। यता, प्रधानमन्त्री र सरकारको विरोधमा सडकमा निस्किएकाहरुका कारण पनि संक्रमण बढ्दै गएको छ। लकडाउनकै बीच गरिएका त्यस्ता आन्दोलनहरुले उपत्यकामा कोरोना संक्रमण बढाएकाले त्यस्ता प्रकारका आन्दोलनहरु घातक हुने विज्ञहरुको चेतावनी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: