Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

तरुण दलको महाधिवेशन असोज १० पछि तोकिने

१ साउन, काठमाडौं । नेपाल तरुण दलले नयाँ संविधानको मस्यौदामा रचनात्मक सुझाव दिन मुलुकभरका कार्यकर्तालाई आग्रह गरेको छ । साथै सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि तरुण दलले गरेको छ । गएको असार २९ र ३० गते राजधानीमा बसेको दलको केन्द्रीय कार्य समितिको बैठकले दलको तर्फबाट पार्टीलाई मस्यौदामाथि सुझाव दिन केन्द्रीय सदस्य नारायण भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ । बैठकका निर्णय सार्वजनिक गर्न आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दलका अध्यक्ष उदयशमेर राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा ल्याउन योगदान पुर्याउनु भएका सबै नेताहरुलाई धन्यवाद दिने निर्णय गरिएको जानकारी दिए । उनले भूकम्पबाट प्रभावित ठाउँमा तरुण दलले ७९१ वटा अस्थायी आवास र १३७ वटा विद्यालय भवन मर्मत गरेको जानकारी दिए । त्यसैगरी, भूकम्पपीडितका लागि दलका तर्फबाट नगद तथा जिन्सी गरी झन्डै रु पाँच करोड बराबरको राहत सामग्री वितरण गरिएको थियो । बैठकले बिपी स्मृति दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमका लागि केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाको संयोजकत्वमा कार्यक्रम समिति गठन गरेको छ । बिपी स्मृति दिवस यही साउन ६ गते पर्दछ । दलको महाविधेशनको मिति र कार्यतालिका भने आउँदो असोज १० गते बस्ने केन्द्रीय कार्य समितिको बैठकले तय गर्ने भएको छ । असोज २ देखि ५ गतेसम्म हुने मातृ पार्टी नेपाली काँग्रेसको महाधिवेशन सकिएपछि दलको महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने निर्णय भएको केन्द्रीय सदस्य तिमिल्सिनाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending