काठमाडौं । ‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिह्न सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको देशका वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ - रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो । सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको आँधीबहरी सिर्जना गर्नेसम्मको सल्लाह भएको र त्यसमा मिडियाले समेत साथ दिनुपर्ने नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले जनआस्थालाई सुनाउनुभयो । उहाँकाअनुसार खबरदारीका लागि हरि उप्रेती, भीमार्जुन आचार्य र सुनिल पोखरेल सम्मिलित एउटा कार्यदल गठन भएको छ । कार्यदलले दिने रिपोर्टका आधारमा आज बुधबार अपराह्न ४ बजे फेरि अर्याल होटलमै बसेर एउटा निश्कर्ष निकालिने छ ।
अर्याल होटलको उक्त भेलामा १५ जना प्राध्यापकसहित करिव ४० वरिष्ठ अधिवक्ता उपस्थित थिए । त्यहाँ सहभागी वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाका अनुसार, न्याय प्रणाली र अपभ्रंसित न्यायका बारेमा गम्भीर चिन्ता व्यक्त गरियो ।
बारका पूर्वअध्यक्षहरु हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्कासहित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ, हरि उप्रेती, डा. कुमार शर्मा आचार्य, रविराज खनाल, सुनिल पोख्रेल, शैलेन्द्र दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, एकराज भण्डारी, तुलसी भट्ट, टीकाराम भट्टराई, माधव बाँस्कोटा, युवा कानुन व्यवसायी कपिल ढकाल, जितेन्द्र मडै, ज्ञानु गौतम, अमृत खरेल, बाबुराजा शाक्यहरु त्यहाँ थिए । बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले भन्नुभयो, ‘कार्यकारी र न्यायपालिका एउटै हुनु भनेको दुर्भाग्य हो । त्यसैले अब हामी चूप लाग्ने कुरै आउँदैन ।’ शुरुमा उनीहरुले सांसदलाई घचघच्याएर समाधान खोज्ने, यदि त्यसरी समाधान ननिस्किए सडकमा जाने नीति अख्तियार गर्दैछन् ।
उक्त भेलामा के–के भए ? यसबारे भेलाबाट फर्र्किएपछि वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाले आफ्नो फेसबुक वालमा यस्ता लेख्नुभएको छ, ‘अदालतमा भ्रष्टाचार छ, बिचौलिया छन्, हिजो गोजीबाट न्यायाधीश टिप्ने काम भयो । असल मानिसको मानमर्दन भयो, न्यायाधीश भएका एकजनाले आत्महत्यासम्म गर्नुपर्ने अवस्था आयो । सेटिङ मिलाउने कार्यका बारेमा रोचक कुराहरू भए । न्यायाधीश हुन कुद्नेका बारेमा पनि कुरा उठे । संसदले के हेरेर न्यायाधीशको नियुक्ति सदर ग-यो ? अब यो पनि उठ्नुपर्ने कुरा उठे । सुनुवाइको समयमा सांसदका घरमा न्यायाधीशहरु पुगेका, केही सांसदले हात चिल्ला पारेका कुरा पनि उठे ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: