Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अब स्वाब संकलन घुम्ती सवारी साधनबाट गरिने, यस्तो छ तयारी

ललितपुर । नेपाल प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई घुम्ती स्वाब सङ्कलन साधन निर्माण गरिदिन आग्रह गरेको छ । कोरोना सङ्क्रमितलाई सुरक्षित बोक्न प्रहरीले नाष्टलाई सो आग्रह गरेको हो ।

कोरोना सङ्क्रमण नफैलिने प्रविधि एक भ्यान र दुई एम्बुलेन्समा जडान गर्न प्रहरीलाई सहयोग गर्ने नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जानकारी गराए । उनले भने, “प्रहरीबाट भ्यानमा रहेका कोरोना प्रभावित र यसमा बस्ने मानिसबीचको जोखिम हुननदिन प्रविधि जडान गरिदिन आग्रह आएको छ ।” नाष्टले यसमा लाग्ने आर्थिक लगानी, उपकरण र जनशक्तिबारे जानकारीसमेत गराइसकेको जनाएको छ ।

प्रहरीले नाष्टलाई केही दिनअघि यसका लागि अनुसन्धान गरिदिनसमेत अनुरोध गरेको थियो । नाष्टले सवारी साधनमा कोरोनाको जोखिम हटाउन प्रयोग गरिने हरेक चिजको आकलन गरी पठाइसकेको छ । यसअघि नाष्टले यही साउन १३ गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा मोबाइल स्वाब कलेक्सन भेइकल निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । सो भेइकलको प्रयोग हाल विभिन्न सरकारी निकायमा कोरोना परीक्षण गर्न प्रयोग भइरहेको छ ।

मुलुकमा कोरोना महामारी बढेसँगै गत चैत ११ गतेदेखि भएको बन्दाबन्दीमा नाष्टले कोरोनाबाट जोगिने नौवटा प्रविधि विकास गरेको बताइएको छ । यी प्रविधिमा हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस् भनी दुईवटा ‘हयान्ड वास स्टेशन’, खुट्टाले थिची हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वाड’, रगत झिक्नुपरेमा अपनाउने सुरक्षाका लागि ‘बल्ड कलेक्सन क्लिनिक’, रगत झिक्ने व्यक्तिमा सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’ निर्माण गरिसकेको छ । यस प्रविधिले आफैँ स्पे्र गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले हावाबाट पनि कोरोना सङ्क्रमण सर्नसक्ने आकलन गरेसँगै हरेक मानिसले उच्च तवरको मास्क लगाउनुपर्ने नाष्टले महसुस गरी धुन मिल्ने ‘एन–९५ का साथै एन–९९ इकुभ्यालेन्ट नेपाल मेड’ मास्क बनाएर परीक्षण गरिरहेको प्र्रविधि सङ्काय प्रमुख डा रवीन्द्र ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ १२ प्रकारका मास्क बनाएर परिक्षण गरिरहेका छौँ ।” परीक्षणमा गर्दा यी मास्क सुरक्षित सावित भएमा रु १०० देखि २०० सम्म बजारमा दिन सकिन्छ । यसैगरी नाष्टले हाल बजारमा पाउने १०० वटा मास्क सङ्कलन गरी यसको प्रभावकारिताबारे अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

नाष्टले कोरोना सङ्क्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस् भनी ‘नेगेटिभ प्रेसर स्टक्चर हुड’ निर्माण गरिसकेको छ । यस हुडले कोभिड प्रभावितलाई छोपेपछि यसबाट सङ्क्रमण बाहिर जाँदैन । अर्कोतर्फ हाल कोरोनाका कारण शहरका घरमा खुम्चिएर रहेका हरेक उमेरका मानिसलाई व्यस्त बनाउन नाष्टले ‘कौशी करेसाबारी’ परियोजनाअन्तर्गत ‘हाइड्रोपोनिक सिस्टम’ अर्थात् माटोबिना कौशीमा तरकारी खेती गर्ने प्रविधिको अनुसन्धानसमेत गरिरहेको छ । यस प्रविधिअन्तर्गत पानी, केमिकल, सफा ग्राभेलको सहयोगमा कौशीखेती गर्न सकिने नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले जानकारी दिए ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending