सप्तरी । सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो ।
हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेव सङ्क्रमित भएर आइसोलेसनमा छन् भने शङ्कास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टिनमा छन् । ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीलाई आइसोलेसन र होम क्वारेन्टिनमा राख्नु परेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँचलगायतका काममा रोक लगाउने निर्णय गर्दै सङ्कट व्यवस्थापन केन्द्रले अस्पताललाई निर्देशन पठाएको छ ।
स्वास्थ्यकर्मीको अभावका कारण शुक्रबार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवासमेत प्रभावित भएको थियो । आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको सङ्क्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
राजविराजस्थित छिन्नमस्ता अस्पताल ९निजी० को शल्यक्रिया कक्षमा कार्यरत शल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सो अस्पतालसमेत बन्द गरिएको छ । छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकसहित ७० स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि होमक्वारेटिन गरिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताउनुभयो । केही चिकित्सक र स्वास्थ्यकर्मी दुवै अस्पतालमा कार्यरत छन् । छिन्नमस्ता अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका कारण होमक्वारेटिनमा बस्नुपरेका केही चिकित्सक र स्वास्थ्यकर्मी गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कार्यरत रहेकाले थप स्वास्थ्यकर्मी अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक सेवा नै प्रभावित हुने अवस्था आएपछि सङ्कट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच गर्न रोक लगाउँदै सम्पूर्ण ध्यान अस्पताल र कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा लगाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए ।
यसैगरी बढ्दो सङ्क्रमणका कारण राजविराजस्थित एक मात्र आइसोलेसन केन्द्रमा सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या भएपछि स्थानीय तहमा समेत आइसोलेसन केन्द्र सञ्चालन गर्न पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए । लक्षण नेदेखिएका कोरोना सङ्क्रमितलाई स्थानीय तहको आइसोलेसन केन्द्रमा र लक्षण देखिएका सङ्क्रमितलाई जिल्लास्तरीय आइसोलेसन केन्द्रमा राख्ने गरी व्यवस्थापन गर्न स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना एवं सञ्चालन गर्ने निर्णय भएको ठाकुरले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: