Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कमिशनको चक्करमा सडक गुणस्तरहीन

२ साउन, जाजरकोट । सडक डिभिजन कार्यालय चौरजहारीले गएको आर्थिक वर्षमा निर्माण गरेका सडकहरु गुणस्तरहीन रहेको पाइएको छ । कार्यालयले गएको वर्षको बजेटबाट एक किलोमिटर सडक पनि गाडी गुड्न लायक बनाउन सकेन । निर्माण व्यावसायी र कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम गरेपनि भुक्तानी दिइएको छ । हरेक योजनाबाट ५ देखि ३० प्रतिशतसम्म कमिशन माग्ने गरिएको र नदिए प्राविधिकले विल भरपाई नबनाइदिने, बनाए पनि घटाएर बनाउने गरेको एक निर्माण व्यवसायीले बताए । त्यसैले उनीहरुले भने अनुसार गर्न बाध्य भएको उनको भनाई छ । निर्माण व्यावसायी पनि कामको परिणाम र गुणस्तर पुरा नर्गने भएकोले सडक डिभिजनका कर्मचारीलाई बार्गे्निङ गर्न सजिलो भएको हो । कार्यालयका लेखा अधिकृत प्रेमचन्द्र भुषालले सम्झौता गर्दा, पेश्की र भुक्तानी दिँदा समेत कमिशन माग्ने गरेको कार्यालयकै कर्मचारीहरु बताउँछन् ।  कमिशन नदिनेलाई यो या त्यो वाहानमा भुक्तानी रोक्ने गरेको अन्य कर्मचारीको आरोप छ । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट, रुकुम र डोल्पा जिल्लाको सडक ट्रयाक खोल्ने, मोटरेवल बाटो बनाउने , मर्मतसंभार गर्ने लगायतका कामको जिम्मा लिएको छ । कार्यालय स्थापना भएको एक वर्ष पुग्न लाग्दा समेत सडक निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको आरोप छ । जाजरकोट खलंगा–पाँचकाटिया सडक निर्माण थालेको एक दशक बितिसक्यो । करोडौं रकम खर्च भैसकेको छ । तर अहिले सम्म गाडी गुड्न लायक सडक बन्न सकेको छैन । सडकको जिम्मा लिएका ठेकेदारले काम गरेका छैनन् । यो सडक मात्र होइन, पाँचकाटिया नेटिलेख, खलंगा झ्यालीखेत, बोहरा ठुटेपिपल, छेडाचौर मोर्क लगायतका सडकको काम गुणस्तरीय नभएको स्थानीय बासिन्दाको आरोप छ । सडक डिभिजन कार्यालयले एक दर्जन सडकमा काम गरिरहेको जनाएको छ । गएको आर्थिक वर्षमा सडकको लागि छुट्याइएको २५ करोडमध्ये झण्डै १० करोडको मात्र काम सम्पन्न भएको लेखापाल कालीबहादुर गिरीले जानकारी दिनुभयो । चौरजहारीस्थित सडक डिभिजन प्रमुख प्रकासचन्द्र भण्डारी कतिपय काम कम गुणस्तरका भएपनि कमीसन नमागेको दाबी गर्नुहुन्छ । यदि मातहतका कर्मचारीले कमिशन उठाएको तथ्य फेला परे आवश्यक कारवाही गर्ने उहाँको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: