Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

कमिशनको चक्करमा सडक गुणस्तरहीन

२ साउन, जाजरकोट । सडक डिभिजन कार्यालय चौरजहारीले गएको आर्थिक वर्षमा निर्माण गरेका सडकहरु गुणस्तरहीन रहेको पाइएको छ । कार्यालयले गएको वर्षको बजेटबाट एक किलोमिटर सडक पनि गाडी गुड्न लायक बनाउन सकेन । निर्माण व्यावसायी र कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम गरेपनि भुक्तानी दिइएको छ । हरेक योजनाबाट ५ देखि ३० प्रतिशतसम्म कमिशन माग्ने गरिएको र नदिए प्राविधिकले विल भरपाई नबनाइदिने, बनाए पनि घटाएर बनाउने गरेको एक निर्माण व्यवसायीले बताए । त्यसैले उनीहरुले भने अनुसार गर्न बाध्य भएको उनको भनाई छ । निर्माण व्यावसायी पनि कामको परिणाम र गुणस्तर पुरा नर्गने भएकोले सडक डिभिजनका कर्मचारीलाई बार्गे्निङ गर्न सजिलो भएको हो । कार्यालयका लेखा अधिकृत प्रेमचन्द्र भुषालले सम्झौता गर्दा, पेश्की र भुक्तानी दिँदा समेत कमिशन माग्ने गरेको कार्यालयकै कर्मचारीहरु बताउँछन् ।  कमिशन नदिनेलाई यो या त्यो वाहानमा भुक्तानी रोक्ने गरेको अन्य कर्मचारीको आरोप छ । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट, रुकुम र डोल्पा जिल्लाको सडक ट्रयाक खोल्ने, मोटरेवल बाटो बनाउने , मर्मतसंभार गर्ने लगायतका कामको जिम्मा लिएको छ । कार्यालय स्थापना भएको एक वर्ष पुग्न लाग्दा समेत सडक निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको आरोप छ । जाजरकोट खलंगा–पाँचकाटिया सडक निर्माण थालेको एक दशक बितिसक्यो । करोडौं रकम खर्च भैसकेको छ । तर अहिले सम्म गाडी गुड्न लायक सडक बन्न सकेको छैन । सडकको जिम्मा लिएका ठेकेदारले काम गरेका छैनन् । यो सडक मात्र होइन, पाँचकाटिया नेटिलेख, खलंगा झ्यालीखेत, बोहरा ठुटेपिपल, छेडाचौर मोर्क लगायतका सडकको काम गुणस्तरीय नभएको स्थानीय बासिन्दाको आरोप छ । सडक डिभिजन कार्यालयले एक दर्जन सडकमा काम गरिरहेको जनाएको छ । गएको आर्थिक वर्षमा सडकको लागि छुट्याइएको २५ करोडमध्ये झण्डै १० करोडको मात्र काम सम्पन्न भएको लेखापाल कालीबहादुर गिरीले जानकारी दिनुभयो । चौरजहारीस्थित सडक डिभिजन प्रमुख प्रकासचन्द्र भण्डारी कतिपय काम कम गुणस्तरका भएपनि कमीसन नमागेको दाबी गर्नुहुन्छ । यदि मातहतका कर्मचारीले कमिशन उठाएको तथ्य फेला परे आवश्यक कारवाही गर्ने उहाँको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies