Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

अब लिम्पियाधुरासम्मै विकास

काठमाडौं । नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्।

आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ - भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारले यी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न थालेका छन्। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमसहित बजेटमा प्राथमिकताका साथ समेटेको छ। विशेष क्षेत्र घोषणाको माग गर्दै वडाध्यक्ष मंगलसिंह धामीको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको छ।

अतिक्रमित क्षेत्र नाभी, कुटी, गुन्जीका बासिन्दालाई भारतले विशेष सुविधा दिएर प्रलोभनमा पार्दै आएको थियो। यी ठाउँमा भारतीय सुरक्षा फौजका साथै स्थानीय सौका समुदायको बसोबास छ।

व्यास क्षेत्रका लागि मात्रै चालू वर्षमा ७० लाख बजेट विनियोजन गरिएको छ। व्यास क्षेत्रमा छाङरु, टिंकर, नाभी, गुन्जी, कुटी पर्छन्। गाउँपालिकाले कुटी, नाभी, गुन्जीमा बसोबास गर्ने नेपालीले नेपालको नागरिकता लिन चाहे पहल गर्ने भएको छ। गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले गाउँसभामा अतिक्रमित क्षेत्रका नागरिकलाई नागरिकता दिनुपर्ने विषय उठेको सुनाए। त्यसपछि नागरिकताका लागि पहल गर्ने निर्णय गरेर नीति तथा कार्यक्रम समेटिएको ओझाको भनाइ छ।

‘नागरिकता लिन चाहनेका लागि गाउँपालिकाले सिफारिस गरिदिन्छ’, उनले भने, ‘नागरिकता दिने त संघीय सरकारले नै हो।’

जोखिमयुक्त ठानिने व्यास–टिंकर पदमार्ग स्तरोन्नतिलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख छ। यसका लागि १५ लाख बजेट छुट्ट्याइएको छ। व्यास क्षेत्रको बासिन्दाका लागि भेडा, च्यांग्रा प्रबद्र्धनका लागि २० लाख बजेट छुट्ट्याइएको छ।

लिपुलेक, कालापानी, लिम्पियाधुरासहित गाउँपालिकाकै परिचय झल्कने वृत्तचित्र गाउँपालिकाले बनाउने भएको छ। वडा नम्बर १ मा बाह्रै महिना सुरक्षा उपस्थितिका लागि खाद्यान्न आपूर्ति, सञ्चारलगायत सेवा प्रवाह सहजता गर्न जोड दिइने भएको छ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पैदल मार्ग विस्तार गर्न पहल गरिने भएको छ। दार्चुला–टिंकर सडकखण्ड विस्तार गर्न पहल गर्ने जनाइएको छ। यसका लागि गाउँपालिकाले २४ लाख बजेट छुट्ट्याएको छ।

कैलाश मानसरोवरसम्म पुग्ने द्रुत मार्ग निर्माण गर्न टिमुबाटाबाट बाननी हुँदै मालसम्मको सडक विस्तारको पहल गर्ने कार्यक्रममा उल्लेख छ। टिंकर, छाङरु, कुटी, गुन्जी, नाभीमा बसोबास गर्ने व्यासी सौका समुदायको पहिरन, रहनसहन, भाषा, संस्कृतिको विकासमा जोड दिइने भएको छ।

भारत र चीनसँगका सीमा नाकामा छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न संघीय सरकारसँग माग गर्ने जनाइएको छ। त्यहाँ रहेका छोटी भन्सारलगायत सरकारी कार्यालय द्वन्द्वकालका विस्थापित भएका थिए। ‘हाम्रो नेपाली भूमि लिम्पियाधुराबाट उत्पत्ति भई बग्ने महाकाली नदीका छेउछाउमा रहेका बस्तीहरूमा पहिरोको उच्च जोखिम रहेको र उक्त क्षेत्रको पहिरो रोकथाम तथा नियन्त्रणमा विशेष पहल गर्ने’, नीति तथा कार्यक्रममा छ। गाउँपालिकाले स्वाधीनता, सार्वभौमसत्ताको रक्षा, भौगौलिक अखण्डता कायम गरी समुन्नत एवं आत्मनिर्भर व्यास निर्माणको परिकल्पना प्रमुख लक्ष्य राखेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले व्यास क्षेत्रको विकास गर्न ५ करोड बजेट विनियोजन गरेको छ। भारतले झैं शिक्षा, स्वास्थ्य, खाद्यान्नमा विशेष प्याकेज ल्याएर त्यहाँका जनतालाई आकर्षित गर्नुपर्ने स्थानीय बासिन्दाको माग आएको ओझाले बताए।

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले दशकौंदेखि उपेक्षित व्यास क्षेत्र बल्ल प्राथमिकतामा पर्न थालेको बताए। दार्चुला–टिंकर पदमार्ग पनि तीव्र गतिमा निर्माण भइरहेको साउदको भनाइ छ। उनका अनुसार भारतले पनि त्यो क्षेत्रमा सैनिक गतिविधि बढाएको छ। लडाकु विमानसमेत त्यो क्षेत्रमा ल्याएको छ।

अतिक्रमित क्षेत्रका बासिन्दा वर्षौंसम्म राज्यका तर्फबाट उपेक्षामा परेका थिए। नेपालकै अधीनमा रहेका टिंकर र छाङरु जाने बाटोसम्म छैन। त्यहाँ पुग्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई भारतले निषेधित क्षेत्र घोषणा गरी नेपालीलाई नै जान प्रतिबन्ध लगाउँदै आएको छ। यी क्षेत्र भारतको सैनिक नियन्त्रणमा छन्। कालापानी र नाभिडाङमा त भारतीय सुरक्षा फौज मात्रै छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending