Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पूर्व सभासद् र प्रहरी निरीक्षकसहित पन्ध्र जना घाइते

\"Nepal४ साउन, महोत्तरी । महोत्तरीको विभिन्न छ वटा निर्वाचन क्षेत्रमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि राय सुझाव सङ्कलनका क्रममा भएको झडपमा परी पूर्व सभासद् तथा प्रहरी निरीक्षकसहित १५ जना घाइते भएका छन् । जिल्लाको क्षेत्र नं ५ का राय सुझाव सङ्कलन केन्द्र रामगोपालपुर उच्च माविमा विरोध गर्न गएका पूर्व सभासद् कौशलकुमार यादव, सद्भावनाका विदेश विभाग प्रमुख देवेन्द्र यादवसहित १२ जना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै जिल्लाको क्षेत्र नं ४ को सङ्कलन केन्द्र मनरा उमाविका प्रहरी निरीक्षक नरेश महतोको टाउको फुटेर गम्भीर घाइते  भएका छन् । त्यस्तै क्षेत्र नं ३ को सङ्कलन केन्द्र जिल्ला सदरमुकाम जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सद्भावना पार्टीका केन्द्रीय सदस्य रमन पाण्डेय, नागरिक समाजका देवेन्द्र चौधरी घाइते भएका छन् । त्यस्तै अन्य दर्जनौँ प्रदर्शकारीलाई सामान्य चोटपटक लागेको छ । जिल्लाको क्षेत्र नं ३, ४ र ५ मा मधेसवादी र एमाओवादी दलले राय सुझाव सङ्कलन कार्यक्रममा विभिन्न नारा जुलुस, फारम च्यातिएको, आगजनी गरिएको र विरोध प्रदर्शन गरेका छन् । जिल्लाको क्षेत्र नं १ को बर्दिवासमा राय सुझाव सङ्कलन शान्तिपूर्ण अवस्थामा भएको छ भने क्षेत्र नं २ को बलबामा पनि सामान्य अवस्थामा भएको छ । त्यस्तै क्षेत्र नं ६ को गौशालामा मधेसवादी दल र एमाओवादी वैद्य समूहले राय सुझाव सङ्कलन फारम च्यातेर आगजनी गर्नुका साथै कालो झन्डा देखाई विरोध जनाएका छन् । जिल्लाको विभिन्न क्षेत्रको राय सुझाव सङ्कलन केन्द्रमा भएको विरोध, प्रदर्शन र होहल्लाका कारण जिल्लाको अवस्था तनाबग्रस्त रहेको छ भने कडा सुरक्षाका बीच जिल्लाको छवटै निर्वाचन क्षेत्रमा राय सुझाव सङ्कलन कार्यक्रम भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending