Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

सलमान खान, शाहरुख खान र आमिर खानले हाले भारतीय मिडियाविरुद्ध मुद्दा

एजेन्सी । भारतीय चलचित्र उद्योग बलीवुडका केही सबभन्दा ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको गैरजिम्मेवार रिपोर्टिङको विरुद्ध अदालतमा मुद्दा हालेका छन्।

यो घटना जुनमा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपश्चात् सुरु भएको हो।

उनले आत्महत्या गरेको ठानिएको छ। तर यो मामिलालाई लिएर महिनौँसम्म भारतका टेलिभिजन न्यूज च्यानलहरूले अनवरत रिपोर्टिङ गरे।

तीन खान एक साथ
शाहरुख खान, आमिर खान तथा सलमान खानसहितका बलीवुडका दर्जनौँ निर्माता कम्पनीले अहिले ती रिपोर्टिङका केही शैलीलाई लिएर कारबाहीको माग गरेका हुन्।

\'प्रतिवादीहरूका हिलो छ्याप्ने अभियानका कारण बलीवुडसँग सम्बद्ध मानिसहरूको जीविकामा प्रभाव परेको छ,\' रिट निवेदनमा जिकिर गरिएको छ।

पछिल्ला महिनाहरूमा भारतीय सञ्चारमाध्यममा ती अभिनेताको निधनको समाचार छाएको थियो।

अहिले दुईवटा च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध कुल ३४ निर्माता एवम् फिल्म उद्योगसम्बद्ध चारवटा सङ्घहरूले दिल्लीमा उक्त मुद्दा हालेका छन्। प्रतिवादीहरूको प्रतिक्रिया आइसकेको छैन।

उक्त मुद्दा रिपब्लिक टीभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी र प्रदीप भण्डारी अनि टाइम्स नाउ टीभी र उसका प्रस्तोता राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध हालिएको छ।

\'बलीवुडका सदस्यहरूको निजत्व उल्लङ्घन गरिएको छ। सम्पूर्ण बलीवुडलाई अपराधीको सङ्ज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलीवुडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलीवुडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ,\' मुद्दामा भनिएको छ।

के हो यो विषय ?
चौतीस वर्षीय राजपूत मुम्बईस्थित उनकै फ्ल्याटमा जुन १४ तारिख मृत अवस्थामा फेला परेका थिए।

उनले आत्महत्या गरेको प्रहरीले बताएको थियो।

तर उनका परिवारले उनको प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको तथा अन्य अपराध गरेको भन्दै प्रहरीमा निवेदन दिए।

चक्रवर्तीले ती आरोप अस्वीकार गरिन्।

त्यसयता अभिनेत्री दीपिका पादुकोनसहित कैयौँ कलाकारसँग सोधपुछ गरिएको छ। ती कसैलाई कुनै गल्ती गरेको आरोप भने लगाइएको छैन।

सो मामिलालाई अहिले तीनवटा सङ्घीय निकायले अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानकर्ताहरूले सञ्चारमाध्यममा बेलाबखत टुक्राटाक्री जानकारी दिन थालेपछि के भएको हो अनि को जिम्मेवार हो भन्ने विषयमा हल्ला तथा अनुमान व्याप्त भएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies