स्याङ्जा । आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो ।
नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बिउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराएको भीरकोट नगरपालिकाका कृषि समिति संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र क्षेत्रीले बताउनुभयो ।
“आलु उत्पादनका दृष्टिले भीरकोट उर्वरभूमि पनि हो, निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेटक्षेत्र निर्धारण गरेर काम थालेका छौँ” संयोजक क्षेत्रीले भन्नुभयो, “पकेट क्षेत्रमा रहेका किसानले सामूहिक वा व्यक्तिगतरूपमा आलु लगाउने कार्य अहिले भइरहेको छ ।”
नगरपालिकाले १२ वटा आलु पकेट क्षेत्रका किसानलाई २० टन आलुको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको संयोजक क्षेत्रीले बताए। किसानले उत्पादन गरेको बिउ आलु तथा खानका लागि उत्पादन गरिएको आलुको बिक्री वितरणको समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिने संयोजक क्षेत्रीले बताए ।
नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बिउ अनुदानमा वितरण गरेको हो । “आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्न सक्नुहुनेछ”, संयोजक क्षेत्रीले भने, “इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बिउ प्राप्त गर्न सक्नेछन् ।”
भीरकोट ५ को पकान फाँटमा बिउका लागि मात्रै करिब ३५ रोपनी क्षेत्रफलमा समूहमार्फत आलु लगाइएको किसान रामकृष्ण अर्यालले बताए । सोही ठाउँमा व्यक्तिगत र सामूहिकरूपमा आलु लगाउनका लागि पाँच वटा पकेट क्षेत्र रहेका छन् । करिब २०० किसानले सामूहिक र व्यक्तिगतरूपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेको किसान अर्यालले बताए ।
“अहिले सबै किसान खेतमा आलु लगाउनमै व्यस्त हुनुहुन्छ”, किसान अर्यालले भने, “यहाँ शुद्ध बिउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।” यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलु खनेपछि ‘आलु महोत्सव’ गर्ने र त्यहीँबाट आलुको खरिद बिक्री गर्ने व्यवस्था मिलाउने किसान अर्यालको भनाइ छ ।
भीरकोट–२ को दहफाँटमा पनि २८ रोपनी क्षेत्रफलमा सामूहिक र व्यक्तिगतरूपमा आलुखेती थालिएको छ । दहफाँटमा ९० किसानले २४ क्विन्टल आलु लगाउने भएका छन् । आलु उत्पादन भएपछि सक्नेजति बिक्री वितरण गर्ने र नसकेको नगरपालिकाले बिक्री वितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको दहफाँटका आलु खेतीमा संलग्न किसान मीनबहादुर अधिकारीले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: