जनकपुरधाम, जिल्ला विकास समिति धनुषाले नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको भवन निर्माण गर्न रु पाँच लाख आर्थिक सहयोग दिने भएको छ ।
साथै, जिल्ला विकास समितिको हिजो सम्पन्न २१औँ जिल्ला परिषद्ले सञ्चार क्षेत्र सुदृढीकरणका लागि थप रु दुई लाख बजेट पनि प्रस्ताव गरेको छ ।
परिषद्ले समितिमा स्थापना भएको सूचना केन्द्रलाई सूचना बैंकका रुपमा विकास गर्दै गाविस तथा जिविसको प्रोफाइल सूचनामा आधारित योजना पद्धतिको विकास गर्न तथा सेवा प्रदायकलाई नागरिकमैत्री बनाउन वातावरणीय परीक्षण वा प्रविधि परीक्षण, सार्वजनिक सुनुवाइ, आवधिक प्रकाशन, प्रभाव मूल्याङ्कनलाई प्रभावकारी नीति पनि अघि बढाइने भएको छ ।
जिल्लालाई सभ्यता, संस्कृति, पर्यटन पूर्वाधारले युक्त बनाउन आवधिक पाँच वर्षे योजनालाई पनि परिषद्ले स्वीकृति दिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७१/७२ मा ८५ किलोमिटर सडक स्तरोन्नति, १६ वटा कल्भर्ट, तीनवटा पक्की पुल, ३० किलोमिटर सडक कालोपत्र तथा तीनवटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य पनि लिएको छ ।
ग्रामीण विद्युतीकरणबाट वञ्चित क्षेत्रमा विद्युत् विस्तारका लागि आगामी तीन वर्षभित्र सबै गाविस तथा वडामा विद्युत् सेवा पु¥याउने लक्ष्यका लागि रु दुई करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।
जिल्लाको उत्तरी क्षेत्रलाई लक्षित गरी खानेपानी तथा इनार निर्माणका लागि रु ५८ लाख बजेट विनियोजनका साथै भौतिक संरचनाको निर्माण तथा गुणस्तरीयता सुनिश्चित गर्न प्रयोगशाला परीक्षणलाई चालु आर्थिक वर्षदेखि नै कार्यान्वयन गरिने नीति अघि सारिएको छ । स्थानीय विकास अधिकारी झलकराम अधिकारीले जिल्लामा पेस्की तथा बेरोजी अंश अत्यन्त चिन्ताको विषय भएको बताउँदै आर्थिक वर्ष २०६९/७० सम्म कर्मचारी सङ्घद्वारा तथा उपभोक्ताको पेस्की तथा बेरुजु रु ४६ करोड ५० लाख रकम रहेकामा आव २०७०/७१ को कुल बेरुजुको ३८ प्रतिशत फछ्र्योट गरिएको जानकारी गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: