Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

धनकुटामा मात्रै १८ करोड बजेट फ्रीज

\"bajet_nepal\"७ साउन, धनकुटा । धनकुटाको विकास निर्माणको लागि आएको १८ करोड रुपैयाँ बजेट फ्रीज भएको छ । गत आर्थिक वर्ष २०७१र७२ मा विनियोजित चालू तर्फको दुई अर्ब २१ करोड रुपैयाँ र पुँजीगत तर्फको ७८ करोड रुपैयाँ गरि दुई अर्ब ९९ करोड रुपैयाँ मध्ये चालू तर्फ दुई अर्ब १२ करोड रुपैयाँ र पुँजीगत तर्फ ६९ करोड रुपैयाँ गरि दुई अर्ब ८१ करोड रुपैयाँ मात्र खर्च भएको छ । खर्च हुन नसकेको चालू तर्फको नौ करोड रुपैयाँ र पुँजीगत तर्फको पनि नौ करोड रुपैयाँ गरि १८ करोड रुपैँया फ्रीज भइ सरकारको खातामा फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाले जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी सहरी विकास तथा भवन निर्माण कार्यालयको तीन करोड ६० लाख रुपैयाँ फ्रीज भएको छ । गत आर्थिक वर्षमा विनियोजित २० करोड २४ लाख रुपैयाँ मध्ये १६ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै, पूर्वाञ्चल सडक डिभिजन कार्यालयमा विनियोजित १३ करोड २४ लाख रुपैयाँ मध्ये १२ करोड २२ लाख रुपैयाँ खर्च भइ एक करोड ७७ लाख रुपैयाँ नेपाल सरकारको खातामा फिर्ता गएको छ । पूर्वाञ्चल सिँचाइ डिभिजन कार्यालयको ९८ लाख रुपैयाँ खर्च नहुँदा सरकारी खातामा फिर्ता भएको छ । सो कार्यालयमा विनियोजित १० करोड ७२ लाख रुपैयाँ मध्ये नौ करोड ७४ लाख रुपैयाँ मात्र खर्च भएको छ । यस्तै, जिल्लाका अन्य कार्यालयहरु जिल्ला विकास समिति धनकुटाबाट ८४ लाख रुपैयाँ, ग्रामीण पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमबाट ५५ लाख रुपैयाँ, जिल्ला प्राविधिक कार्यालयबाट २७ लाख रुपैयाँ र क्षेत्रीय अनुगमन तथा तथा सुपरिवेक्षण कार्यालयबाट आठ लाख रुपैयाँ खर्च नभइ फ्रीज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारी कार्यालय र उपभोक्ताहरुले बजेट सक्नका लागि असारमा काम गर्ने प्रवृत्तिले गर्दा आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै पुँजीगत तर्फको ४३ प्रतिशत अर्थात २९ करोड रुपैयाँ खर्च भएको छ भने जेठ सम्ममा ५३ प्रतिशत अर्थात ३९ करोड खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०७०र७१ को भन्दा आर्थिक वर्ष २०७१र७२ मा कुल खर्चमा १६ प्रतिशतले वृद्धि भएको छ भने राजस्व संकलनमा पनि २८ प्रतिशतले वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाका प्रमुख कोष नियन्त्रक किशोर कुमार बरालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending