Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नेपालमा कोरोनाको खोप ल्याउन अझै अन्योल

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ ।

आजको राजधानी दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न मिल्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘अहिलेसम्म यो देशको खोप ल्याउने भनेर निक्र्योल भएको छैन । हामीले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न सकिने खोप प्राथमिकतामा राखेका छौं ।’

औषधि व्यवस्था विभागले नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अहिलेसम्म निजी क्षेत्रबाट कसैले पनि निवेदन दर्ता नगरेको जनाएको छ । सरकारले कोभ्याक्समार्फत आउने भ्याक्सिन ढिलो आए निजी क्षेत्रले समेत भ्याक्सिन ल्याउन सक्ने बताए पनि हालसम्म निजी क्षेत्रबाट कसैले पनि अनुमति नमागेको जनाएको हो ।

औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरिएको छ ।

कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं प्रवक्ता सन्तोष केसीका अनुसार कुनै आधिकारिक आयातकर्ताले भ्याक्सिन प्रयोग अनुमतिका लागि निवेदन दिएमा विभाग तयारी अवस्थामा छ ।

उनले भने, ‘कुनै पनि आधिकारिक आयातकर्ता विभागले तोकेका कागजातसहित आयो भने भ्याक्सिन प्रयोगका लागि अनुमति प्रक्रिया अघि बढ्छ । तर निजी क्षेत्रबाट अहिलेसम्म निवेदन आएको छैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending