Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन् । दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौं हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९ मा बसेको थियो ।

आजको गोरखापत्र दैनिकमा खबर छ - नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा आपसी हितका विषय बैठकको कार्यसूची तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुई देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहने छन् ।

त्यसैगरी लगानीमैत्री सहकार्य, कृषिमा दुईपक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यलगायतका अन्य कार्यसूची रहेको मन्त्रालयले मङ्गलबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले यसअघि गर्दै आएको सहयोगलाई विस्तार गर्दै त्यहाँ निर्मित खोप नेपालका लागि उपलब्ध गराउने विषय पनि एक महत्वपूर्ण कार्यसूची रहेकाले यस विषयमा थप समझदारी हुने अपेक्षा गरिएको छ ।

पाँचौँ बैठकमा छलफल र सम्झौता भएका विषयको थप प्रगतिको समीक्षाका साथै बाँकी रहेका कामलाई मार्गदर्शन गर्ने कार्यसूची पनि बैठकको छ । नेपाललाई समुद्रसँगको पहुँच र आन्तरिक जलमार्गको उपयोग, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, पञ्चेश्वर परियोजना कार्यान्वयन, सीमा विवाद समाधान पनि यो बैठकमा छलफल हुने जनाइएको छ ।

मन्त्री ज्ञवालीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा अन्य सरकारी उच्चाधिकारी रहनेछन् । मन्त्री ज्ञवाली तीनदिने भारत बसाइपछि माघ ३ गते साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending