Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या बढ्दै गएको बताए ।

उहाँका अनुसार स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुन्छ ।

अर्का अन्कोलोजिस्ट डा. अरुण शाहले महिलालाई बढी हुने भए पनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा कम नभएको बताए । उनका अनुसार पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुँदा अन्तिम अवस्थामा यस रोगको परीक्षण गराउँछन्, जसले गर्दा पुरुषको मृत्युदर उच्च हुन्छ ।

६० देखि ७० वर्षका पुरुष स्तन क्यान्सरको उच्च जोखिम समूहमा पर्छन् । उनले कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुने बताए । यसबाट पीडित हुने पुरुषको यकिन तथ्याङ्क नभए पनि बर्सेनि करिब १० जनाको शल्यक्रिया हुँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को प्रतिवेदनअनुसार क्यान्सरका बिरामीको सङ्ख्या अहिलेकै दरमा बढ्दै जाने हो भने आगामी सन् २०३० सम्म संसारमा ७५ वर्ष उमेर पुग्नुअघि नै पाँचमध्ये एक जना पुरुषलाई स्तन क्यान्सर हुनेछ । साथै आठमध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending