Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

रोनाल्डोमाथि प्रहरी अनुसन्धान

काठमाडौं । इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सीमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो प्रोटोकल तोडेका छन् । प्रहरीले रोनाल्डोमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको इटालीबाट प्रकाशित हुने कोरिएरे डेलो स्पोर्टस् पत्रिकाले उल्लेख गरेको छ ।

रोनाल्डो केही दिनअघि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन टुरिनभन्दा ९३ माइल टाढा लक्जरी रिसोर्टमा पुगेका थिए । प्रेमिका जर्जिनाको २७ औं जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको डेलो स्पोर्टस्ले उल्लेख गरेको छ । युभेन्ट्सले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्था छ ।

गत साता मात्र विश्व फुटबलमा सर्वाधिक ७ सय ६० गोलको विश्वकीर्तिमान स्थापित गरेका रोनाल्डोले एकै पटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको डेलो स्पोट्र्स पत्रिकाले जनाएको छ । यसै साता कोपा इटालिया कपमा युभेन्ट्सले स्पालविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा युभेन्ट्स २–० ले विजयी भयो । यस खेलपछि युभेन्ट्सले खेलाडीलाई दुई दिन आराम गर्न भनिएको थियो ।

क्लबको नियमअनुसार दुई दिनको आराम गर्न दिइएको समयमै रोनाल्डो भाले डी आओस्टा रिसोर्टमा पुगेका हुन् । पत्रिकाका अनुसार रोनाल्डोको परिवार दुई दिन होटेलमा बसेको थियो । अझ सरकारले कोभिड–१९ नियन्त्रण गर्न नै विदेशी तथा स्वदेशी नागरिकालाई एक सहरबाट अर्को सहरमा जान प्रतिबन्ध लगाएको अवस्था छ । ‘कोभिड–१९ को महामारी चलिरहँदा १५ फेब्रुअरीसम्म कसैलाई पनि सिमानाबाहिर नजान निर्देशन जारी गरिएको छ,’ इटाली सरकारको निर्देशन यस्तो छ, ‘स्वास्थ्य सुरक्षाकै लागि यो नियम सबैमा लागू हुन्छ ।’

यस्तो नियम लागू जारी भएको समयमै रोनाल्डोले फ्रान्सको सिमानानजिकको रिसोर्टमा प्रेमिका जर्जिनाको जन्मदिन मनाउन पुगे । त्यही रिसोर्टमा रोनाल्डोले गत वर्ष पनि जर्जिनाको जन्मदिन मनाएका थिए । त्यहाँ उनीहरूले स्की खेल्नुका साथै होटेलमै भव्य पार्टीको आयोजना गरेको पत्रिकाले बताएको छ । रोनाल्डोले रिसोर्टमा जान स्थानीय प्रशासन तथा क्लबसँग अनुमति समेत नलिएको बुझिन्छ ।

सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको हो । त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको हो । वेएन स्पोर्टस् पत्रिकाले रोनाल्डो कारबाहीमा परे कम्तीमा उनले नियमअनुसार चार सय पाउन्ड जरिवाना तिनुपर्ने हुन्छ । रोनाल्डोले युभेन्ट्ससँग प्रतिवर्ष २ करोड ४० लाख पाउन्डको सम्झौता गरेका छन् ।

रोनाल्डोले बुधबार आफ्नो इन्स्टाग्राममा प्रेमिकाको जन्मदिन मनाइरहेको फोटो सेयर गर्दै सबैलाई धन्यवाद दिएका छन् । ‘सबैबाट जन्मदिनको शुभकामना छ, हामी सधैँ माया गरिरहन्छौँ,’ रोनाल्डोले भने, ‘बधाई छ मेरो जीवनलाई (जर्जिना) ।’ चालू सिजनमा रोनाल्डोले युभेन्ट्सबाट सबै प्रतियोगितामा गरी २० गोल संख्या पुर्‍याएका छन् । पछिल्लो पाँच खेलमा उनले दुई पटक दुई गोल गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy