काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले यस्तो अवधारणापत्र पारित गरेको हो ।
आजको राजधानी दैनिकमा खबर छ - आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ यात्राले गति प्रारम्भ गरिसकेको बताए । उनले दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक हासिल गर्न सबै पक्षले इमानदारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको समृद्धि र सुखको आकांक्षा सम्बोधन हुनेगरी योजना तर्जुमा गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिए ।
यस अवधारणापत्र अनुसार नेपाल आगामी २०७९ सालमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । त्यस समयसम्म प्रतिव्यक्ति आय भने १४ सय डलर पुर्याउने लक्ष्य छ । यो लक्ष्य भने निकै चुनौतीपूर्ण हुनेछ ।
किनकी अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर मात्र रहेको छ । सरकारले सन् २०२१ मा भने उच्च आय भएको मुलुकमा रूपान्तरण हुने बताएको छ । त्यसबेला नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुग्ने भएको छ ।
वर्तमान सरकार आएसँगै सबैभन्दा बढी घन्काइएको नारा हो । समृद्ध नेपाल (सुखी नेपाली । तर, यसको लक्ष्य भेटाउन भने कम्तीमा पाँच आवधिक योजना अर्थात २५ वर्ष कुर्नुपर्नेछ । योजना आयोगका अनुसार यो लक्ष्य प्राप्तमा तीन चरणको विकास अवधि तोकिएको छ ।
चालू १५औं योजनाले समृद्धि र सुखको आधार बनाउने भएको छ । १६औं र १७औं आवधिक योजनाले समृद्धि र सुखलाई तीव्रता दिने बताइएको छ । सो अवधिमा दीगो विकासका लक्ष्यसमेत प्राप्ति भइसक्ने प्रक्षेपण आयोगको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: