Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता

विराटनगर । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार कारागार चलान भएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो । न्यायाधीश ईश्वर पराजुलीको इजलासले १७ वटामध्ये १३ वटा मुद्दामा भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा १३ थान मुद्दामा मन्टुलाई थुनामा राख्न आदेश भएको हो ।

वादी नेपाल सरकार र प्रतिवादी मन्टु पक्षका कानुन व्यवसायीको बहस सकिएपछि चार थान मुद्दामा भने धरौटीवापत अदालतले रकम माग गरेको छ । दाहालले चार थान मुद्दामा पाँच लाख ८० हजार रुपैयाँ धरौटी अदालतले तोकेको जानकारी दिए ।

धरौटी रकम नबुझाएका उनी अदालतको आदेश अनुसार १३ थान मुद्दामा भने सोमबार कारागार चलान भएको दाहालले बताए । उनका अनुसार जाहेरवाला ममतादेवी मण्डल वादी भएको मुद्दामा २० हजार, जाहेरवाला मो. सरिद मियाँ वादी भएको मुद्दामा दुई लाख, वादी राजेन्द्र चौधरी भएको मुद्दामा ४० हजार, जहेरवाला देवी खातुन वादी भएको मुद्दामा तीन लाख २० हजार रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएको छ ।

मिटरब्याजमा लगानी गरी मन्टुले मोरङका १७ जना सर्वसाधारणसँग करोडौँ रुपैयाँ असुली गरेको अनुसन्धानबाट खुलेको थियो । १७ जनाको छुटाछुट्टै जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै उनीविरुद्ध माघ १२ गते ठगी र अपराधिक लाभ लिएको कसूरमा अदालतमा मुद्दा दर्ता गरेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending