Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

विप्लव माओवादीकाे बन्द कहाँ कस्ताे ?

\"Arrested-Biplob-Maoist-cadres\"८ साउन, काठमाडौं । लिपुलेक संझौता सच्चाउन भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको एक दिने बन्दको क्रममा शुक्रबार राजधानी सहित विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ ।  राजधानीबाट एकाविहानै सयौंको संख्यामा कार्यकर्ता पक्राउ परेपछि पछिल्लो समय भने बन्दको प्रभाव कम हुँदै गएको छ । महानगरिय प्रहरी परिसरका अनुसार हाल सम्म ६८ जना कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको कालीमाटी, बालाजु,  कोटेश्वर , रत्नपार्क क्षेत्रबाट पक्राउ गरिएको परिसरका विश्व पोखरेलले जानकारी दिए । राजधानीको कलंकी क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलिरहेका छन् । काठमाडौं बाहिरिने सार्वजनिक सवारी साधन चलिरहेका छन् भने काठमाडौं भित्र चत्रपथ क्षेत्र परिक्रमा गर्ने केही सवारी साधनले यात्रीहरु ओसारपसार गरिरहेका छन् । मोटरसाईकल स्कुटर लगायत साना सवारी साधन चलिरहेका छन् । त्यस्तै कालीमाटि क्षेत्रमा पनि बन्दको खासै प्रभाव छैन । सवारी साधन चलिरहेका छन् यद्धपी पसलहरु भने बन्द छन् ।  बन्दकर्ता भने सडकमा छैनन् । महानगरिय प्रहरीवृत कालीमाटीका प्रहरी नायव उपरिक्षक यज्ञ विनोद पोखरेलका अनुसार कालिमाटी क्षेत्रका कार्यकर्तालाई प्रहरीले विहानै पक्राउ गरि महानगरिय प्रहरी परिसर हनुमानढोका पठाइएको छ । बालाजु गङ्गबु क्षेत्रमा भने कार्यकर्ताको बाक्लो उपस्थिति छ । प्रहरीले ९ बजे झण्डै दर्जन कार्यकर्ता पक्राउ गरेको थियो । माओवादीको कलाकार टोली सामना सांस्कृतिक परिवारले सांगितिक कार्यक्रम गरिरहेको बेला प्रहरीले उनीहरु माथि धरपकड गरि  लाठिचार्ज गरेको थियो । लाठिचार्जबाट आधा दर्जन महिला कलाकार घाइते भएको समेत सो क्षेत्रबाट मुक्तान थेवाले खबरडबलीलाई जानकारी दिए । कोटेश्वर क्षेत्रमा बन्दकर्ता छैनन् । छिटफूट रुपमा भाडाका सवारी साधन चलिरहेका छन् ।  दुई पांग्रे सवारी साधन भने बाक्लो चलिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending