कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेको हो ।
उहाँले बाह्र पशुपक्षी र जीवजन्तुका नामबाट वर्ष नामकरण गरी सोहीअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिप्रदाको दिन मनाउँदै आएको बौद्ध धर्मावलम्बीहरुको ग्याल्पो ल्होसारअनुसार आजदेखि मुसा वर्ष सकिएर गोरु वर्ष शुरु भएको र तामाङ समुदायको सोनाम ल्होसारअनुसार सुङ्गुर वर्ष शुरु भएको अवसरमा यस पर्वले नेपाल र नेपालीमा आपसी भाइचारा, सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने बताएका छन् ।
जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको नेपाली समाजमा यस प्रकारका चाडपर्वले सामाजिक सद्भाव र एकतालाई दिगो एवं दरिलो बनाउन सहयोग गर्छ र यसमा हामी सबैको साझा दायित्व हुनुपर्दछ । ल्होसार पर्वले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”
सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा विद्यमान सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुगेको बताएका छन्।
‘ग्याल्वो र सोनाम ल्होसार पर्व २०७७’ को अवसरमा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायलाई आज एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले नेपाली समाजमा रहेका मौलिक पर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताएको हो । नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा उनले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा समेत सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले सन्देशमा भनेका छन्, “विभिन्न विशेषता र पहिचान बोकेका नेपाली सांस्कृतिक चाडपर्वहरु हाम्रा सम्पत्ति हुन् । तिनको संरक्षण संवद्र्धन र प्रवद्र्धनले हाम्रो आपसी भाइचारा सम्बन्ध, सद्भाव र एकता दिगो तथा बलियो बनाउन मद्दत पुग्छ । हरेक चाडपर्व संरक्षण गर्नुमा हामी सबैको साझा भूमिका हुनुपर्दछ ।”
सुखी र समुन्नत राष्ट्र निर्माणमा नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेश सरकारको ‘सुखी कर्णाली, सुखारी कर्णालीवासी’ को सपना पूरा गर्न बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ल्होसार पर्वले मद्दत पुग्ने भन्दै उनले समग्र नेपाली जनतालाई एकतावद्ध हुने प्ररेणा मिलोस् भन्ने शुभकामना प्रदान गरेका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: