Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

चितवन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका छन् । ती संस्थामध्ये एउटाको केन्द्रीय कार्यालय चितवन रहेको छ भने दुईवटाको काठमाडौँमा रहेको छ । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले बुधबार ज्ञापनपत्र इमेलमार्फत पठाइएको र आज प्रत्यक्षरूपमा बुझाइने बताए ।

ती संस्थाले मन्त्रालयका दुवै जना सचिव, कृषि विभाग हरिहर भवन, पशु सेवा विभाग पशु क्वारेन्टिन महाशाखा हरिहर भवन र व्यावसायिक कीट विकास केन्द्रलाई बोधार्थ दिँदै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले मौरीको घार र गोला ल्याउन रोक लगाउनुको कारणसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारतका मौरीमा प्रशस्त कास्मिरी सुलसुले अर्थात माइटजस्ता परजीवी रोग लागेर त्यहाँ दुःख दिइरहेको भन्दै नेपालमा भित्रिएमा रोग फैलने उल्लेख छ । त्यहाँबाट ल्याउँदा ती रोग आउन सक्ने भन्दै भारतको मौरीमा युरोपीयन फाउल ब्रुडसमेत देखिएको जनाइएको छ । यो रोग युरोपमा निकै फैलिएको र लाखौँ मौरीगोला नष्ट गरिएको ज्ञापनपत्रमा जनाइएको छ । यस रोगको निवारणका लागि सल्फरले उपचार गर्नुपर्ने र यसरी उपचार गरी उत्पादन गरिएका मह विकसित देशले प्रतिबन्ध लगाएकाले मौरीजन्य सामग्री ल्याउँदा त्यो पनि सँगै आउने विज्ञप्तिमा उल्लेख छ । नेपालमा अहिलेसम्म यस्तो औषधिको प्रयोग नगरिएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ “यस विषादीले मौरीका बच्चा र लार्भा कुहाउँछ ।”

भारतबाट ल्याइएको मौरीको घार र फ्रेममा प्रयोग गरिएको एन्टिबायटिक सल्फर मौरीको घार, गोला ल्याउँदा नेपाल भित्रिने र व्यवसाय धराशायी बन्ने जनाइएको छ । भारतबाट आउने उपजाति फरक प्रकारको भएकाले नेपालका मौरीको वंश संरक्षणमा के कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन भएपछि र विज्ञ र एशोसिएशनले सहमति दिएपछि मात्र नेपाल भित्र्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

भारतबाट १० हजार गोला मौरी ल्याउन मन्त्रालयमा निवेदन परेपछि रोक्नुपर्ने मागसहित ती सङ्घ संस्थाले ज्ञापनपत्र बुझाएका हुन् । नेपालमा विसं २०५० बाट व्यावसायिक मौरीपालन शुरु गरिएको हो । हाल एक लाख ७० हजार मौरीघारबाट वार्षिक ४५ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको महासङ्घले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy