प्रतिबन्धयता १६ को मृत्यु
काठमाडौं । मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेसँगै गृह मन्त्रालयले पक्राउ परेका नेता–कार्यकर्ता रिहा गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । उनीहरूलाई शुक्रबारदेखि रिहा गरिनेछ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गृहको निर्देशन जिल्ला प्रशासन कार्यालयको आदेशमा कारागार तथा हिरासतमा रहेकाहरूको हकमा मात्रै लागू हुनेछ । यसअनुसार प्रहरी हिरासतमा रहेका १८ जनालाई शुक्रबार छाड्ने सरकारको तयारी छ । उनीहरू सबैको मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएर छाड्ने तयारी भइरहेको छ ।
अदालतबाट मुद्दा चलेकाहरूलाई भने कानुनी प्रक्रिया पूरा गरेर मात्रै छाडिनेछ । सरकारले कागजी प्रक्रिया मिलाउन सहयोग गर्ने गृहका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘अदालतबाट मुद्दा चलेकाको हकमा गृहको निर्देशन लागू हुँदैन । छुट्नका लागि कानुनी प्रक्रिया पूरा गर्नैपर्छ, त्यसका लागि सरकारले आवश्यक सहयोग गर्छ,’ उनले भने, ‘त्यसैले रिहा गर्ने काम केही दिन लम्बिन सक्छ ।’
सरकारले २८ फागुन ०७५ मा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएयता दुई हजार १३ नेताकार्यकर्ता पक्राउ परेका थिए । एक सय २३ जना अहिले पनि विभिन्न मुद्दामा जेलमा छन् । त्यस्तै, १८ जना अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले प्रतिबन्धपछि पक्राउ परेकामध्ये एक हजार सात सय ८७ जना मुद्दा दायरपछि छुटेको बताए ।
त्यस्तै, ८५ जनालाई साधारण सोधपुछपछि छाडिएको थियो । त्यस्तै, प्रतिबन्धपछि प्रहरी कारबाही र आन्तरिक दुर्घटनामा १६ नेताकार्यकर्ताले ज्यान गुमाएका छन् । यसबीचमा सबैभन्दा धेरै लुम्बिनी र गण्डकी प्रदेशबाट पक्राउ परेका छन् ।
लुम्बिनीबाट तीन सय ६७ र गण्डकीबाट तीन सय ५९ नेताकार्यकर्ता पक्राउ परेका थिए । प्रहरी प्रवक्ता कुँवरले प्रतिबन्धपछि गण्डकी र लुम्बिनीमा अप्रेसन चलाइएकाले धेरै पक्राउ परेको बताए । त्यस्तै, उपत्यकाबाट तीन सय ३७ नेताकार्यकर्ता पक्राउ परेका थिए । जसमध्ये २२ जना जेलमा बन्दी छन् । सुदूरपश्चिम प्रदेशमा दुई सय १४ र प्रदेश १ मा दुई सय ९२१ जना पक्राउ परेका थिए ।
सरकारले २९ पुससम्म विप्लवको पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन), हेमन्तप्रकाश ओली (सुदर्शन), पोलिटब्युरो सदस्य भरत बम (रणवीर), चन्दबहादुर चन्द (वीरजंग) र केन्द्रीय सदस्य भेषराज भुसाललाई समेत पक्राउ गरेको थियो ।
प्रतिबन्धयता १६ को मृत्यु
प्रतिबन्धपछि प्रहरी कारबाही र आन्तरिक दुर्घटनामा विप्लवका १६ नेताकार्यकर्ताले ज्यान गुमाएका छन् । प्रहरी तथ्यांकअनुसार काठमाडौं र कास्कीमा पाँच–पाँच, कैलाली र भोजपुरमा दुई–दुई तथा कालिकोट र सर्लाहीमा एक–एकजनाले ज्यान गुमाएका छन् ।
२८ फागुन ०७५ मा काठमाडौंमा भएको शृंखलाबद्ध विस्फोटमा परी एकैपटक पाँचजनाले ज्यान गुमाएका थिए । त्यस्तै, कास्कीमा पाँचजनाले पहिरोमा परी ज्यान गुमाएका थिए । बाँकी भने प्रहरी कारबाहीमा मारिएका हुन् । त्यस्तै, विप्लव पक्षबाट जनकपुर र सुनसरी एक–एकजना प्रहरी तथा मोरङमा एक शिक्षक गरी तीनजनाको हत्या भएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: