Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।

आजको नागरिक दैनिकमा खबर छ - सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । घरघरको धाराका फोहर र गन्हाउने पानी आउन थालेकाले उनीहरूले समाधानका लागि वितरण केन्द्रमा जानकारी गराएका थिए । तर केन्द्रले गुनासो सुनुवाइ नगरेको उनीहरू बताउँछन् ।

पटक–पटक वितरण केन्द्रमा जानकारी गराउँदा पनि केन्द्रले चासो नदिएको स्थानीयको भनाइ छ । स्थानीय फुलबहादुर न्यौपानेले खानेपानीको धारामा ढल मिसिएको र गन्हाउने पानी आएको बताए । ‘यत्तिका दिन भयो खानेपानीको धारामा ढल आएको छ, हामीले सम्बन्धित निकायलाई जानकारी पनि गरायौं तर चासो दिएनन् ।’ उनले धारामा प्रयोग गर्न मिल्ने पानी नआएपछि खानेपानीको अभाव भएको बताए । स्थानीय डा. राजकुमार सुवेदीले पटकपटक जानकारी गराउँदा पनि खानेपानीको समस्या समाधान गर्न सरकारी निकायले अटेरी गरेको बताए ।

त्यस्तै, ललितपुरको खुमलटार क्षेत्रमा पनि खानेपानी फोहर आएको भन्दै स्थानीयले गुनासो गरेका छन् । ललितपुर महानगर–१५ स्थित यस क्षेत्रमा पिउन र प्रयोग गर्न लायक पानी नआएको उनीहरूको भनाइ छ । स्थानीय दीपक घिमिरेले सरकारी निकायको चरम लापरबाहीका कारण फोहर र ढल मिसिएको खानेपानी आउने गरेको बताए ।

उनले केयुकेएललाई जानकारी गराए पनि बेवास्ता गरेको गुनासो गरे । उनले खानेपानीको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्, ‘सरकारी खानेपानीको यो हालत, यस्तो पानी कसरी पिउनु ?’ त्यसै त हप्ताको एक दिन आउने पानी त्यही पनि फोहर बनेपछि स्थानीयलाई पिउने पानीको अभाव भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy