काठमाडौं। २०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी शर्मा ओली र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ।
जनआस्था साप्ताहिकमा खबर छ–साविकको स्थायी कमिटीमा वामदेव गौतम केपीतिर उभिए भने पनि ११–११ हुन्छ। माधवकुमार नेपाल समूहमा झलनाथ खनाल, अष्टलक्ष्मी, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे छन्। केपी ओली समूहमा ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, सत्यनारायण मण्डल, सुवास नेम्वाङ देखिन्छन्।
पदाधिकारीतर्फ वामदेव तटस्थ बस्दासम्म केपी समूह उपाध्यक्षविहीन हुन्छ। किनभने, निर्वाचित उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति भएलगत्तै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुन्छिन्। उपाध्यक्षमध्ये युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल माधव पक्षमा छन्। अदालतको फैसलाअनुसार, विष्णु पौडेलको महासचिव खोसिएर उनी उपमहासचिवमा फिर्ता हुने र ईश्वर पोखरेल नै महासचिव कायम हुने स्थिति छ। यी दुबै केपी पक्षमा छन्। माधव पक्षबाट घनश्याम भुसाल उपमहासचिव छन्। पाँच सचिवमध्ये पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली एकतिर रहँदा योगेश भट्टराई, भीम आचार्य र गोकर्ण बिष्ट माधवतिर छन्।
पोलिट्व्युरो सदस्यमध्ये माधव पक्षमा झलनाथ खनाल, अरुण नेपाल, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, पशुपति चौलागाईं, प्रदीप नेपाल, भागवत विश्वासी, राजेन्द्रप्रसाद पाण्डे, श्रीमाया थकाली, गौरा प्रसाईं, रामप्रित पासवान, विजय पौडेल, रघु पन्त, बेदुराम भुषाल, घनश्याम भुषाल, भीम आचार्य, योगेश भट्टराई, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, शत्रुघन महतोसहित २३ जना देखिएका छन्। पोलिट्व्युरोमा केपीतर्फ विष्णु रिमाल, कर्णबहादुर थापा, काशिनाथ अधिकारी, गोकुल घर्ति, गोरखबहादुर बोगटी, जगत विश्वकर्मा, दलबहादुर राना, थममाया थापा, विन्दा पाण्डे, भानुभक्त ढकाल, यामलाल कँडेल, राधा ज्ञवाली, युवराज कार्की, योगनारायण यादव, शेरधन राईसहित १६ जना पुग्छन्। र, नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीभित्र माधव समूहको उपस्थिति नब्बे हाराहारीमा छ।
संसदीय मोर्चातर्फ माधव समूह सबभन्दा कमजोर भएको गण्डकी र लुम्बिनी प्रदेशका संसदमा मात्रै हो। प्रदेश १ मा सबभन्दा बलियो भएर पनि शेरधन राईले जनजातिको नारामा मुख्यमन्त्री जिते। स्थानीय तहमा पनि माधव पक्ष उति कमजोर छैनन्। अधिकांश जिल्लामा माधव नेपाल पक्ष बलियो छ। नवौँ महाधिवेशनपछि ४० जिल्लामा त अधिवेशन जितेरै माधव पक्षको प्यानलसहित नेतृत्व छ।
केपी पक्षले झापा, पर्वत र दैलेखमा अध्यक्ष जितेको, तर ती जिल्ला कमिटीहरुमा माधव पक्षको बहुमत छ। झापा र धनकुटामात्रै हो, केपी पक्षले प्यानल जितेको। माधव पक्षबाट अध्यक्ष जित्ने इलामका राम राना शेरधनलाई मुख्यमन्त्री बनाउने नाममा ओली समूहतिर लागेपछि फर्किएनन्। इलामबाहेक माधव समूहसँग बाँकी सबै जिल्लाका अध्यक्ष कायमै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: