Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि स्थानीय खुशी

डोटी । जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् ।

बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पु¥याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष योजनाअन्र्तगत प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअनुसार बोगटान फुडसिल तथा सायलको केन्द्रसम्म सडक कालोपत्र गरिने बताइएको छ ।

उक्त गाउँपालिका केन्द्रसम्म सडक पु¥याउनका लागि समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारका तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले हस्ताक्षर भएको बोगटान फुडसिलका उपाध्यक्ष भगवती बमले जानकारी दिए ।

दिपायल राजपुरदेखि केआइसिंह गाउँपालिका केन्द्र वायलसम्म सडक कालोपत्रको काम जारी छ । यसैगरी वायलबाट टुँडागाडसम्म प्रदेश सरकारले सडक कालोपत्र गर्ने तथा गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने योजनानुसार अब काम अघि बढ्ने जनाइएको छ । यसैगरी आदर्श तथा सायल गाउँपालिका केन्द्रसम्म कालोपत्र सडक पुग्ने भएपछि स्थानीयवासीमा खुशीयाली छाएको नेकपा (माओवादी केन्द्र) का नेता तेज डुम्रेलले बताए ।

कालोपत्र सडकसँग जोडिन बाँकी रहेका स्थानीय तहलाई सडकसँग जोड्ने नीतिअनुरूप सरकारले आइतबार एकमुष्ट देशभरका २१० स्थानीय तहसँग उक्त सम्झौता गरेको थियोे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy