काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ बिन्दुले बढेर ४७६.१८ मा पुगेको छ । कूल २१३ कम्पनीको एक करोड ६१ लाख आठ हजार ४९९ कित्ता शेयर रु सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।
मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३७ खर्बको नजिक पुगेको छ । नेप्सेका अनुसार रु ३६ खर्ब ९४ अर्ब ४२ करोड ७९ लाख ३० हजार हाराहारीमा बजार पूँजीकरण पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्त ३.३६, निर्जीवन बीमा २८७.७६, अन्य ३.९, जीवन बीमा १९१.४२ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत् ११४.०५, उत्पादन १८३.९१, लघुवित्त ६४.१९, सामूहिक लगानी कोष ०.०२ र लगानी २.७२ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ८० लाख ५७ हजार २३६ बराबरको कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु ३१ करोड १० लाख ६३ हजार ९५५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २९ करोड २० लाख ६० हजार ८३, हिमालयन डिस्टिलरी रु २२ करोड १८ लाख ३७ हजार ६४३, हिमालयन जनरल इन्स्योरेन्स रु २१ करोड २८ लाख ६१ हजार ८४२, नेपाल बैंक रु १७ करोड ६८ लाख ९५ हजार ८९०, अजोड इन्स्योरेन्स कम्पनी रु १६ करोड ६१ लाख ३७ हजार ४८६, बुटवल पावर कम्पनी रु १६ करोड दुई लाख ७३ हजार ७६७, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २९ लाख ९९ हजार ९३ र रसुवागढी हाइड्रोपावर रु १४ करोड ७८ लाख ७२ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोवारका आधारमा चिलिमे जलविद्युत् कम्पनी, युनिभर्सल पावर युनाइटेड इदी मर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । ती कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । यसैगरी बोमी माइक्रोफाइनान्स ९.९५, एनआइसि एशिया लघुवित्त ९।९३, महिला लघुवित्त ९.९३, साञ्जेन जलविद्युत् कम्पनी ९.८९, शिवश्री हाइड्रोपावर ९.८१ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रतिशतले आर्जन गरे ।
यसैगरी साल्ट टे«डिङ कर्पोरेशनको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा सानिमा जनरल इन्स्योरेन्स ८.७८, अजोड इन्स्योरेन्स ८.७२, युनाइटेड फाइनान्स ५.९६, जनरल इन्स्योरेन्स ५.१३, आइएमई जनरल इन्स्योरेन्स ४.३९, श्री इन्भेस्टमेन्ट ३.०९, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, युनाइटेड इन्स्योरेन्स २.९४ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.९१ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: