तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी वीरेन्द्र नराल दुई दाजुभाई मिलेर व्यावसायिक पशुपालनमा लागेका छन् । नराल मल्टिपर्पोज प्रालीद्वारा सञ्चालित पशु तथा कृषि फार्म दर्ता गरेर गत साउन महीनादेखि पाडा, बाख्रा र लोकल कुखुरा पाल्न थालेका हुन् । विश्व नै आक्रान्त हुने गरी कोरोनाले लामो समय बेकामे भएर बस्नुपरेपछि दुई दाजुभाइले गत वर्षको चैतदेखि व्यावसायिकरुपमा पशुपालनतर्फ लागेका हुन् ।
कोरोनाका कारण लगाइएको बन्दाबन्दी खुकुलो बन्दै गएपछि शुरुमा रु एक करोड लगानी गरेर व्यवसाय थालिएको पुस्तक व्यवसाय गर्दै आएका भाइ वीरेन्द्र नरालले बताए । हाल फार्ममा २० पाडा, १०० बाख्रा र ७०० लोकल जातको कुखुरा रहेका छन् । उनले भने, “वार्षिक १०० पाडा बिक्री गर्ने लक्ष्य रहेको छ ।”
भैँसीका पाडा, बाख्रा र कुखुरा स्थानीयस्तरमा उत्पादन गरिएको ल्याइएको छ । उनले भने, –“स्थानीय खरी जातको बाख्रालाई बोयर जातको बोका क्रस गराउने उद्देश्यले बोयर बोका खरीद गरेर ल्याइएको छ ।” आत्मनिर्भर बनेको अवस्थामा लकडाउन, बन्द, हड्ताललगायतको हुँदा पनि कुनै प्रभाव नपर्ने देखिएकाले पशु कृषि व्यवसायबाट केही गर्नुपर्छ भनेर शुरुआत गरिएको नराल दाजुभाई बताउँछन् ।
पाडा र बाख्रा बिक्री गर्न केही समय लाग्ने भए पनि करीब रु डेढ लाख मूल्य बराबरको कुखुरा बिक्री भइसकेको बताइएको छ । फार्मबाट दैनिक एक खसी, बोका, दैनिक १० क्रेट अण्डा र दैनिक १० वटा कुखुरा बिक्री गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको दाजु दयानिधि नरालले बताए ।
पशुपालनका लागि करीब ७५ रोपनी जग्गामा फार्म तथा घाँस लगाइएको उनले बताए । फार्म अवलोकनमा आउने कृषकलाई सुरक्षा अपनाएर टाढैबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फार्ममा कार्यरत तीन जना कामदारले पनि चुना र सेनिटाइजर प्रयोग गरेर मात्रै प्रवेश गर्ने गरेका छन् ।
फार्ममा रहेका पाडालाई खोरेत, बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको भ्याक्सिन वडा कार्यालयबाट उपलब्ध गराएपछि लगाइएको कृषकद्वय बताए । बन्दाबन्दीका कारण ज्याला मजदूरी गर्न जान नपाउँदा अधिकांशलाई बिहान बेलुकाको हात मुख जोर्न पनि धौधौ भएको बेला यी दाजुभाइले शुरु गरेको व्यवसायलाई सबैले प्रशंसा गरेका छन् । कोरोनाका कारण सुरक्षित रहन नेपाल सरकारले करीब नौ महीनासम्म बन्दाबन्दी गरेको समयमा पनि यी दाजुभाइले आर्थिक उपार्जन गरी नै रहे ।
जीविकोपार्जनका लागि स्वदेश वा विदेशमै रोजगारी नै गर्नु पर्दछ भन्ने मान्यतालाई चुनौती दिंदै आफैंले व्यावसायिक कृषि तथा पशुपालन गरी उल्टै अरुलाई समेत रोजगारी दिन सकिने हुँदा नयाँ पुस्ताको सोचमा परिवर्तन आउनु जरुरी रहेको नराल दाजुभाइ बताउँछन् । राजनीतिलाई मर्यादित बनाउन पनि व्यावसायिक उद्यमशीलताको खाँचो रहेको वीरेन्द्रको भनाइ छ । तीनै तहका सरकारदेखि विभिन्न सङ्घसंस्थाहरुले कृषि र पशुपालनलाई उच्च प्राथमिकता दिएको अवस्थामा नराल दाजुभाइले जस्तै गाउँका अन्य युवा पनि विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: