Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मधेसवादी नेता, बुद्धिजीवीलाई बाबुरामको सुझाव– ‘उत्तेजनामा आएर नबोल्नुस’

\"Baburam150_170\"११ साउन, काठमाडौ । संवैधानिकक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले मुलुकको सार्वभौमसत्ता, अखण्डता र संविधानको विपरीत आवेग र उत्तेजनामा आएर नबोल्न मधेस केन्द्रित दलका नेता तथा बुद्धिजीवीहरुलाई आग्रह गरेका छन् । संविधानको प्रारम्भिक मस्यौदामा समेटिएका कैयौँ प्रावधानमाथि मतभेद राख्दै आएका मधेसकेन्द्रित दलका नेता र बुद्धिजीवीलाई संसद् सचिवालय सिंहदरबारमा बोलाएर उनले मुलुकको सार्वभौमसत्ता, अखण्डता र संविधानको विपरीत बोल्नु ठिक नहुने धारणा राखे । मुलुकको विविधता र भौगोलिक अवस्थालाई विचार गरेर प्रदेशको नामकरण र सीमाङ्कन गर्नु मनासिब हुने बताउँदै उनले संविधानको प्रारम्भिक मस्यौदामा देखिएका कतिपय कमजोरीलाई सच्याएर अघि बढ्ने मार्गमा सहयोग पु¥याउन अनुरोध गरे । प्रदेशले स्थानीय भाषालाई प्रवद्र्धन गर्न सक्ने भए पनि कामकाजको भाषाका रुपमा नेपाली भाषालाई लैजाँदा उपयुक्त हुन्छ भन्नेमा दलबीच सहमति भएको जानकारी गराउँदै सभापति डा भट्टराईले प्रदेशको निर्माणको आधार मुख्यतः जनसङ्ख्या भए पनि भूगोललाई ध्यान दिन आवश्यक रहेको बताए । सार्वभौमसत्ता जनतामा निहित भएकाले जनसङ्ख्याका आधारमा प्रदेशको सङ्ख्या कायम गर्नुपर्छ भन्ने मत आउनुलाई अन्यथा भन्न नमिल्ने उल्लेख गर्दै उहाँले मुलुकको भूबनोटको अवस्थालाई दृष्टिगत गरेर भूगोलको पक्षलाई पनि समेट्नुपर्ने औँल्याए । सो अवसरमा मधेसकेन्द्रित दलका नेता एवम् बुद्धिजीवी सङ्घीय सद्भावना पार्टीका अनिलकुमार झा, तुलानारायण साह, नेपाली काग्रेसका अमरेशकुमार झा, एमाओवादीका रामकुमार शर्मा, प्रभु साह, अधिवक्ता सुरेन्द्र महतो, पूर्वराजदूत विजयकान्त कर्णलगायतले नागरिकता र समावेशी प्रतिनिधित्वका बारेमा विभेद देखिएकाले सच्याउनुपर्ने, समानुपातिक प्रतिनिधित्वका सवालमा विगतमा भएको सहमति नै उल्लेख गर्नुपर्ने, भूगोल होइन जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने भनाइ प्रस्तुत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending