Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

निषेधाज्ञाका समयमा छापिएन ‘स्मार्ट’ चालक अनुमतिपत्र

खबरडबली संवाददाता

काठमाडौँ । गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । 

बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमतिपत्र छाप्न नसकिएको हो । अहिले पनि विभागले झण्डै तीन लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार कार्ड खरीदका लागि प्रक्रिया अघि बढाइएको भए पनि आइपुगेको छैन । 

विभागले केही समय पहिले फ्रान्सको एउटा कम्पनीमार्फत १४ लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको थियो । निर्धारित समयअनुसार अहिलेसम्म कार्ड आइसक्नुपर्ने प्रवक्ता डा भुसालले बताए ।  भारतीय पद्धतिमा आधारित हुनुपर्नेमा केही प्राविधिक समस्या आएकाले ढिलाइ भएको हो । उनले भने, “अबको एकदुई महिनामा आइपुग्ने देखिएको छ ।”

अहिले विभागले छाप्न बाँकी तीन लाखमध्ये झण्डै आधा डेढ लाख नवीकरण गरिएका अनुमतिपत्र र बाँकी आधा अहिले अनुमतिपत्रको परीक्षा उत्तीर्ण भएका रहेको विभागले जनाएको छ । गत आवमा कोभिड–१९ का कारण यातायात व्यवस्था कार्यालयले नवीकरणलाई निरन्तरता दिए पनि नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेका थिए । विभागले गत पुसदेखि अनलाइन माध्यमबाट आवेदन लिइरहेको छ । सोही आवेदनका आधारमा प्रदेशअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन गरेको छ । 

पुसदेखि यता अनुमतिपत्रको परीक्षा पास गर्नेको सङ्ख्या डेढ लाख पुगेको उनले बताए । उनले भने, “पुसयता अनुमतिपत्रको परीक्षा पास गरेकाहरुको छाप्न बाँकी छ ।” विभागले दुई वर्षपहिले खरीद गरेको कार्ड सकिँदै जाँदा दुई महिना पहिलेदेखि अत्यावश्यकबाहेक अरू अनुमतिपत्र छपाइ नगरेको प्रवक्ता डा भुसालले बताए । रोजगारी वा अध्ययनका लागि विदेश जानका लागि मात्रै अनुमतिपत्र छपाइ हुँदै आएको छ । उनले भने, “प्रक्रियामा रहेका कार्ड आएपछि मात्रै सबै छपाइ गर्न सकिनेछ ।”

सरकारले गत पुसमा अनलाइन फारम शुरु गरेसँगै झण्डै पाँच लाखले आवेदन दिइसकेको विभागले जनाएको छ । अहिलेसम्म डेढ लाखले मात्रै लिखित र प्रयोगात्मक गरी दुवै परीक्षा उत्तीर्ण गरेका छन् । लिखित उत्तीर्ण गरेर प्रयोगात्मक परीक्षा उत्तीर्ण नहुने सेवाग्राहीका लागि विभागले दुई पटकसम्म मौका दिने गरेको छ । फारम भर्ने पाँच लाखमध्ये कतिपय परीक्षामा सामेल हुन बाँकी भएको र कति प्रयोगात्मक परीक्षा उत्तीर्ण नभएको विभागले जनाएको छ । 

बन्दाबन्दीको समयमा अरू कामको चाप कम हुने भएकाले विभागले गत वर्ष तीन सिफ्टमा गरी अनुमतिपत्र छापेको थियो । अहिले निषेधाज्ञाको समयमा त्यसको राम्रो सम्भावना भए पनि कार्डको अभावका कारण गर्न नसकिएको हो । संविधानअनुसार चालक अनुमतिपत्रको जिम्मेवारी प्रदेश सरकारको हो । पहिले विभागअन्तर्गत रहेका यातायात कार्यालयहरु तीन वर्षपहिले नै प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । 

प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले परीक्षा सञ्चालन, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएका छन् । त्यसको सफ्टवेयर र छपाइको काम भने विभागले गर्दै आएको छ । कार्यालय र विभागबीच समन्वय नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । गत आवसम्म विभागले झण्डै आठ लाखभन्दा बढी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । विभागले देशभरको अनुमतिपत्र छपाइ गर्नुपर्ने भए पनि साना क्षमताको उपकरणका कारण छपाइ सुस्त थियो । 

झण्डै डेढ वर्षपहिले विभागले ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र कार्ड खरीद गरेको थियो । अहिले कार्ड समयमा नआएकाले मात्रै सेवाग्राहीले तत्काल अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको छ । कार्ड आएपछि विभागले एकै दिनमा झण्डै १० हजारसम्म अनुमतिपत्र छाप्न सक्नेछ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies