काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार पूर्वसचिव धनबहादुर तामाङको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्। सडक दुर्घटनाका कारण पत्ता लगाउन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव रघुराम विष्टलाई उद्यृत गर्दै मन्त्री ज्वालाको सचिवालयले जनाएको छ।
कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटनाको अध्ययन गरी दुर्घटना न्यूनिकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपाय सुझाउने जिम्मेवारी तोकिएको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने, चन्द्रागिरिमा शनिबार भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो।
शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो।
प्रतिकृया लेख्नुहोस्: