काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ ।
आयोजकका अनुसार डिजिटल अडिशनबाट आवेदन दिएकामध्येबाट १ सय ३२ जना प्रि –जजिङ्गका लागि छनोट भएका थिए । तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाएर छायाङ्कन सकिएको आयोजकले जानकारी दिएको छ । आयोजकले भनेको छ– ‘फिजिकल अडिशन राउन्डको छायाङ्कन सकिएकोले प्रसारणको तयारीमा प्रोमोशन शुरु गरेका छौँ ।’
पहिलो सिजनमा हिमेश पन्त, सुमन कार्कीलगायत ‘दलेदाई’को उत्कृष्ट प्रस्तुतीबाट सबै दर्शकको मनमस्तिष्कमा राज गर्न सफल भएको थियो । त्यस्तै, कार्यक्रमको दोस्रो सिजनमा भरतमणिको ‘पारस’, ‘घरबेटि’, सन्तोष थापाको ‘नेपाली टीचर’ र बिक्की अग्रवालको ‘पान्टोमाईम’ले कार्यक्रमलाई झनै यादगार बनाएको आयोजकको भनाई छ ।
आयोजकको अनुसार अबको तेस्रो सिजनको प्रस्तुतिमा १३ वर्षकी बालिकादेखि केहि ज्येष्ठ नागरिकसम्मलाई स्थान दिइएको छ । अबको सिजनमा दर्शकले तराईदेखि कालिकोटसम्म र अमेरिकादेखि आवेदक सहभागी छन् ।
कान्तिपुर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओएसआर रियालिटिमार्फत कार्यक्रम प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङको जिम्मेवारी मिडिया एजेन्सी एडि रिलिजले लिएको छ । एजेन्सी एडि रिलिजका अनुसार मुख्य प्रायोजकहरुमा डिशहोम फाईबरनेट, आईएमई लाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यति कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेलगायत रहेका छन् । त्यस्तै, भोटिङ पार्टनरमा खल्ति तथा मेकअप पार्टनरमा दी वान युनिसेक्स् सालोन् रहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: