Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव

खबरडबली संवाददाता

सल्यान । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । 

अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ । 

कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । “हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ । यतिबेला बिरामीहरुलाई पूरा समय अक्सिजन पुग्दैन”, अस्पतालका डा भिमकान्त जैसीले बताए । 

अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकाले सुर्खेत जान र आउन तथा सिलिण्डर भर्न समय लाग्ने हुँदा अक्सिजन समयमा पु¥याउन समस्या भइरहेको डा जैशीले बताए । अस्पतालमा थप १० वटा सिलिण्डर मात्रै भएको भए पनि केही राहत हुने उनको भनाइ छ ।

अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई समेत अक्सिजन दिनुपर्ने अवस्था रहेको डा प्रदीप शर्माले बताए  । केही दिनअघि मात्रै अस्पतालमा अक्सिजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेसिन त आयो तर जडान गर्ने जनशक्ति नपठाउँदा त्यसै थन्किएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि भने काम गर्न सहज हुने शर्माको भनाइ छ ।

यसैबीच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । एन्टिजेन विधिमार्फत अस्पतालमा गरिंदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानले जनाएको छ ।

किट कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएपनि प्रदेशमै किट सकिएपछि पाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताए । एन्टिजेन नहुँदा पिसिआरबाट परीक्षण रिपोर्ट ढिला आउने देखिएको छ । पिसिआरका लागि २०० स्वाब सङ्कलन गरेर मात्रै सुर्खेत पठाइने हुँदा रिपोर्ट ढिला आउने भएको हो । जिल्लाका स्थानीय तहहरुले कोरोना सङ्क्रमितहरुका लागि आइसोलेसनको व्यवस्था गरेपनि सङ्क्रमितहरु भने जिल्ला अस्पतालमै आउने गरेका छन् । 

सल्यानमा दुई जना कोरना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका­७ का ७० वर्षिय एक पुरुष र सिद्ध कुमाख गाउँपालिका­१ का ३३ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै सल्यानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies