वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।
ट्रम्पको उक्त कदमले शरणार्थीलाई दिइने प्रबेशमा गरिएको कडाइका कारण विश्व समुदायले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको भन्दै वर्तमान् अमेरिकी राष्ट्रपति बाइडेन कै ‘डिमोक्र्याटिक पार्टी’का उदारवादी नेताहरूको दवावपछि सोमबार यो निर्णय आएको हो ।
डिमोक्र्याटिक पार्टी भित्रका प्रगतिशिल तथा शरणार्थी निकायहरूले वार्षिक रूपमा प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेका थिए ।
बाइडेनले सङ्ख्या बढाउने घोषणा गर्दै भने, “न्यूनतम मात्राले अमेरिकी मूल्य–मान्यताको प्रतिनिधित्व गर्दैन ।” धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको–अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरुको सङ्ख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनले व्यक्त गरेपनि आफ्नै दलका नेताहरूको दवावपछि बाइडेनले यो निर्णय गरेकाे विभिन्न विज्ञहरूको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार पाँच सय बनाउने घोषणा गर्दै यसले पूर्व राष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई मेटाएको बाइडेनले भएको छ ।
आउँदो वर्ष वार्षिक रुपमा प्रवेश गर्न दिने शरणार्थीको सङ्ख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले बताए ।
तर अघिल्लो प्रशासनले शरणार्थीका सम्बन्धमा गरेका खराब निर्णयका कारण भएको क्षति मिलाउने क्रममा यो वर्ष वा अर्को वर्षको लक्ष्य पूरा गर्न भने कठिन भएको र यो तितो यथार्थ रहेको राष्ट्रपति बाइडेनले बताए ।
अमेरिकाको शरणार्थी व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार गत अक्टोबरदेखि मार्चसम्ममा करिब दुई हजार शरणार्थी मात्रै अमेरिका प्रवेश गरेका छन् ।
बाइडेनले शरणार्थी प्रवेश वृद्धिका लागि सरकारी निर्णयमा हस्ताक्षर गर्नुपूर्व भने, “अनुमति विश्वले शरणार्थीहरूको दिमागमा कुनै शङ्का उब्जाउने अवस्था हटाउनको लागि आज यो कदम चाल्नु आफ्नो नयाँ जीवनको लागि पर्खिरहेका आप्रबासी शरणार्थीको लागी महत्वपूर्ण हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: