Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु

२४ घण्टामा ३ लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित, ३ हजार ४४९ भन्दा बढीकाे मृत्यु

रासस

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ । 

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिए । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies