काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले कोभिड–१९ दोस्रो भेरिएन्ट लहरसहितको सङ्क्रमण तीव्ररुपमा बढिरहेको सन्दर्भमा नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, बेड, एम्बुलेन्स, औषधि उपचारको आवश्यक प्रबन्ध मिलाउन तीनै तहका सरकारलाई अनुरोध गरेको छ । महासङ्घले आफ्नो सञ्जाल तथा नागरिक समाजसँग समन्वय गरी नागरिक समाज र समुदाय परिचालनमा विशेष जोड दिई कार्य अगाडि बढाउनसमेत सरकारसँग आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष भारती पाठकले आज विज्ञप्तिमार्फत दैनिक श्रम गरेर खाने किसान, उपभोक्ताले संरक्षण गरेको वन पैदावार उपभोगमा लगाइएको रोकावट तत्काल खुल्ला गर्न माग गरेका छन् । साथै सामुदायिक वन उपभोक्ता समूहलाई कानूनमा व्यवस्था भएको स्वायत्त अधिकारको सम्मान गर्दै वन पैदावार उपभोगमा सहजता र वनमा आधारित साना उद्यम सञ्चालन तथा रोजगारी सृजना गर्ने व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।
कार्ययोजनाको अवधि सकिएर कामलाई निरन्तरता दिन नसकिएका सामुदायिक वन उपभोक्ता समूहलाई कोभिड–१९ महामारीको समयमा वन व्यवस्थापनदेखि गरिब विपन्नको जीविकोपार्जनसँंग सम्बन्धित कार्यक्रम सञ्चालन गरी कार्य अगाडि बढाउनुपर्ने महासङ्घको सुझाव छ ।
अध्यक्ष पाठकले सरकारले गरेका आह्वानलाई पालना गर्दै, गाउँगाउँमा सचेतना अभिवृद्धि गर्न, वन पैदावार सही तरिकाबाट व्यवस्थापन गर्न, गाउँ टोलमा मनोविमर्श कार्यक्रम सञ्चालन गर्न तथा स्वास्थ्य सुरक्षाको सामग्री र खाद्यान्न गरिब विपन्न समुदायलाई स्थानीय सरकारसँग समन्वय गरी उपलब्ध गराउन सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरेका छन् ।
सामुदायिक वन उपभोक्ता समूहले मुलुकभर क्वारेन्टिनका लागि व्यवस्था गरिएको एक हजार ४०० सामुदायिक वनको भवनमा सम्बन्धित निकायसँग परामर्श गरी स्थानीय फर्निचरलगायत आवश्यक सामग्री व्यवस्थापन गरी सामुदायिक भवन तयारी अवस्थामा राख्नसमेत आग्रह गरेका छन् ।
स्थानीयस्तरमा आवश्यकपर्ने वन पैदावर, दाउरालगायत अन्य कच्चा पदार्र्थ भई परिआउने समस्या समाधानका लागि प्रशासन र सम्बन्धित निकायसँंग परामर्श गरी विधान कार्ययोजनाबमोजिम व्यवस्थापनमा सहयोग गर्न महासङ्घले आह्वान गरेको छ । साथै यस विषम परिस्थितिमा कुनै पनि जिल्ला वा पालिकाभित्र शव व्यवस्थापनमा समस्या सृजना भएमा सामुदायिक वन उपभोक्ता समूहले यस समस्यालाई मध्यनजर गर्दै वातावरणमा प्रतिकूल असर नपर्ने गरी स्थानीय सरकारसँग समन्वय गरी मानवीय हिसाबले व्यवस्थापनमा सहयोग पुर्याउन उनले आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: