Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

सुर्खेतमा ११ लाख बराबरको अवैध ९४ बोरा सुर्ती बरामद

रासस

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी गर्न निषेध गरिएको अवस्थामा भित्र्याइएको अवैध तथा अखाद्य वस्तु सुर्खेत प्रहरीले बरामद गरेको हो । 

ना४ख ७६५३ नंको मालबाहक ट्रकमा खाद्य तथा खुद्रा मालसामानभित्र राजश्व छली गरी ल्याइएको अवस्थामा मङ्गलबार अपराह्न गोल्डेन ब्राण्डको ९४ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।“अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्ला भित्र्याउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सो ट्रकको निगरानी ग¥यौँ”, उनले भने, “पछि सुर्खेत भित्रिने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना प्रहरी जाँचचौकीमा चालकसहित ट्रकलाई नियन्त्रणमा लिइयो ।” ट्रकभित्र रहेका सम्पूर्ण मालसामान अनलोड गरी रीतपूर्वक तलासी गर्दा खाद्यवस्तु दाल, चामल, निर्माण सामग्री पाइप, गाडीको टायरको बीच भागमा ९४ बोरा गोल्डन काली सुर्ती भेटिएको प्रनाउ घर्तीले बताए ।

बोरा खोलेर हेर्दा त्यसभित्र चार हजार ७०० पोका गोल्डेन काली नामक सुर्ती रहेकामा २८ पोकामा अन्तःशुल्क स्टिकर टाँसिएको र २२ पोका अन्तःशुल्क स्टिकर नभएको भेटिएपछि कर छली गरेको आशङ्का गर्दै बाँसगढी नगरपालिका–६ बर्दियाका २४ वर्षीय चालक भक्तबहादुर गुरुङको साथमा रहेको बिल हेर्दा दुई हजार ६०० पोकाको मात्र बिल भेटिएको उनले बताए ।

उक्त ट्रकमा लुकाइछिपाई दुई हजार १०० अर्थात् रु ११ लाखको गोल्डेन काली सुर्ती अवैध देखिन आएकाले गैरकानूनीरूपमा राजश्व छली गरी अखाद्यवस्तु सुर्ती ओसारपसारमा प्रयोग भएको ट्रकसहित चालक गुरुङलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending