दमौली । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो ।
विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट स्थापनाप्रति सरोकारवाला निकायको ध्यान गएको पाइएको छैन । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सानो/ठूलो गरी ३२ वटा सिलिन्डर रहेको छ भने दमौली अस्पतालमा २७ र बन्दीपुर अस्पतालमा पाँचवटा मात्र अक्सिजनको सिलिन्डर मौज्दात छ ।
जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा अक्सिजनको भण्डारणमा ध्यान दिन अनुरोध गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले यस बारेमा चासो नदिएको दमौली अस्पतालका मेसु डा सुनिल पौडेलले बताए । दमौली अस्पतालमा मौज्दात रहेका २७ सिलिन्डरले एक साताका लागि पनि माग धान्न नसक्ने डा पौडेलको भनाइ छ । एकै पटक कोभिडका श्वासप्रश्वासका धेरै बिरामी आए भने त्यसले धान्न नसक्ने डा पौडेलले बताए ।
स्थानीय तहले अहिलेको अवस्थामा अन्य खर्चहरु कटौती गरेर भए पनि अक्सिजनको खरीदमा लाग्नुपर्ने डा पौडेलको सुझाव छ । “पछि सबैतिर अक्सिजनको अभाव हुन थाल्यो भने पैसा तिरेर पनि खरीद गर्न पाइँदैन,” डा पौडेलले भने, “अहिले अवस्था अलि सहज हुँदैमा अक्सिजनको भण्डारण गर्न सकेमा राम्रो हुने थियो ।” दमौली अस्पालमा हालै स्वास्थ्य मन्त्रालयमार्फत सात वटा आइसियु र चारवटा भेन्टिलेटरको व्यवस्था गरिएको छ । तर आइसियु र भेन्टिलेटर सञ्चालन गर्न पनि अक्सिजन आवश्यक पर्छ ।
जिपी कोइराला उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले पनि पर्याप्त मात्रामा अक्सिजन नभएको बताए । पर्याप्त मात्रामा खरीद गरेर राख्न सके भविष्यमा जोखिम कम गर्न सकिने उनले बताए । पोखराबाट अक्सिजन ल्याउने प्लान्टले आवश्यक पर्ने जति उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि जोखिम बढ्दै गएपछि अक्सिजन पाउने या नपाउने ग्यारेन्टी नहुने डा श्रेष्ठको भनाइ छ ।
बन्दीपुर अस्पतालमा पाँच वटा मात्रै सिलिन्डर रहेको गाउँपालिकका स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिए । गाउँपालिकाले आवश्यक पर्ने अक्सिजन खरीदका लागि निर्णय गर्न लागेको उनले बताए ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजनको अभाव हुन नदिन जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
गण्डकी प्रदेश सरकारले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न रु ७५ लाख विनियोजन गरे पनि अहिलेसम्म स्थापना हुन सकेको छैन । प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान गरेर सम्झौता भइसके पनि काममा ढिलाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । यसै आर्थिक वर्षभित्रमा अक्सिजन प्लान्ट स्थापना गरिसक्ने अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: