काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।
सरकारका प्रवक्ताले भने, “यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस्”, मन्त्री गुरुङले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिएका छन् ।
उनका अनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले उनले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिएका छन् ।
कोभिड–१९ न्यूनीकरणबारे नीति बनाउन सञ्चारमाध्यमसँग पनि छलफल गरिने उनको भनाई थियो । मन्त्री गुरुङले वर्तमान समयमा आमसञ्चारमाध्यमलाई बढीभन्दा बढी कोभिड केन्द्रित हुन अनुरोध पनि गरे ।
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आमसञ्चारमाध्यमले सरकारले गरेका सकारात्मक कार्यभन्दा पनि हुँदै नभएका भ्रामक र असत्य समाचार सम्प्रेषण गरिरहेको जनाउँदै त्यसो नगर्न सम्बन्धित सबैमा आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: