काठमाडौं । संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने दिन नजिकिदै गर्दा सत्तारुढ दल नेकपा एमालेका दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताहरुको दौडधुप तिव्र भएको छ ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटर विश्वासको मत मागेका एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।
पार्टीभित्र दुईपक्षीय दवाबमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार घोषणा गर्न सकेका छैनन् ।
बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबीच छलफल हुन लागेको बालुवाटर स्रोतले बताएको छ ।
उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन।
यस्तै, माधव कुमार नेपालले बिहीबार कांग्रेस सभापति देउवालाई भेट गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन् । माधव समूहले विपक्षी गठबन्धनसंग मिलेर संघीयता विद् डा. खेमलाल देवकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
पार्टीको विवादको मिलन विन्दु पहिल्याउन होटल मेरियटमा दुवै पक्षका दोस्रो तहका नेताहरुबीच भेटघाट भएको छ । संभवत : दुवै पक्षका दुई शीर्ष नेताबीच भेटघाट हुन सक्ने नेताहरुले बताएका छन् ।
माधव समूहले प्रधानमन्त्री ओली फागुन २८ गतेको निर्णयबाट ब्याक नभए आफ्ना पक्षले सामूहिक राजिनामा दिने मुडमा पुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: