Ntc summer Offer
Khabar Dabali २ फाल्गुन २०८१ शुक्रबार | 14th February, 2025 Fri
Investment bank

जिल्लामा घरेलु हिंसा बढ्दै

चैत मसान्तसम्म ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी

रासस

लमजुङ । चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको  जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ३६ वटा मिलापत्र भइसकेको छ भने २१ वटा अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ ।  

गत आर्थिक वर्षमा भन्दा यस चालू आवको नौ महिनासम्ममा चारवटा घरेलु हिंसा बढी भएको देखिन्छ । गत आर्थिक वर्षमा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजूरी परेका थिए । यसमध्ये ४५ मिलापत्र,  ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको केन्द्रको प्रमुख तथा जिल्ला प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक नन्दु अधिकारीले बताए । 

उनका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो । सो निवेदनमध्ये नौ मिलापत्र भएको र तीन वटाको काम भइरहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा धेरै ७९ वटा उजूरी परेको थियो । जसमध्ये ४५ वटा मिलापत्र भइसकेको छ । १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटा काम भइरहेको बताइएको छ ।

त्यस्तै, यस चालु आवको साउनदेखि चैत मसान्तसम्म प्रहरी कार्यालयमा २७ वटा ठाडो उजूरी परेको छ जसमध्ये १८ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ । गत आव २०७६/७७ मा कार्यालयमा १८ वटा ठाडो उजूरी परेकामा ११ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए ।

त्यस्तै, २०७५/७६ मा सबैभन्दा धेरै १२६ वटा ठाडो उजूरीका निवेदन परेकोमा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटाको काम भइरहेको उनले बताए  । त्यस्तै, आव २०७४/७५ मा ३८ वटा ठाडो उजूरी परेकोमा २९ मिलापत्र भएको र नौ वटाको काम भइरहेको छ । 

जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आए तापनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy