Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

उपनिर्वाचन : बादलको बोली कति झुट कति सत्य ? हेर्नुहोस् अंकगणित

खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेद्‍वारी दर्ता गरेलगत्तै आफ्नो जित सुनिश्‍चित भएको दाबी गरे । जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेद्‍वारी दर्ता गर्दै बादलले ५ हजार १ सय ३० मत रहेको भन्‍दै आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

बादल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका उम्‍मेद्‍वार हुन् । उनीसँग अर्का हेवीवेट उम्‍मेद्‍वार छन् खिमलाल देवकोटा । देवकोटा नेकपा एमालेकै माधवकुमार नेपाल समूहका हुन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको साथ छ ।

यस्तो छ अंकगणित
बागमतीको १३ जिल्लामा ११० प्रदेश सभा सदस्य छन् । ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । प्रदेश सभा, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४८ मतदाता छन् ।

प्रदेशसभाका एक जना सदस्यको ४८ मतभार गणना हुन्छ । जसअन्तर्गत प्रदेश सभा सदस्यमा एमाले ओली समूहका ३५ सदस्य छन् भने नेपाल समूहबाट २२ सदस्य छन् । प्रदेश सभामा ओली समूहको १ हजार ६ सय ८० मतभार हुनेछ भने नेपाल समूहको १ हजार ५६ मत भार हुन्छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रको २३ प्रदेश सभा सदस्य छन् । माओवादीको १ हजार १ सय ४ मतभार हुनेछ । त्यस्तै नेपाली कांग्रेसको २२ प्रदेश सभा सदस्य छन् । कांग्रेसको १ हजार ५६ मत भार हुन्छ । त्यस्तै विवेकशील साझा पार्टीका ३ प्रदेश सभा सदस्य छन् जसको मतभार १ सय ४४ हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ प्रदेश सभा सदस्य छन् जसको मत भार ९६/९६ हुनेछ । त्यस्तै जनता समाजवादी पार्टीबाट निर्वाचित १ प्रदेशसभा सदस्य छन् जसको मतभार ४८ छ ।

कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन भएकाले प्रदेश सभामा देवकोटाको ३ हजार २ सय २४ मत रहेको छ । त्यस्तै बादलको १ हजार ६ सय ८० मतभार हुनेछ ।

त्यस्तै स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ । स्थानीय तहमा ओली समूहको ८५ प्रमुख/उप्रमुख छन् । जसको मतभार १ हजार ५ सय ३० छ । नेपाल समूह ३८ प्रमुख/उप्रमुख छन् । जसको मतभार ६ सय ८४ हुनेछ । केन्द्रमा ओली र नेपाल समूहबीच तीब्र विवाद चर्किँदा स्थानीय तहमा एमालेका १० प्रतिनिधि तठस्थ छन् ।

कांग्रेसको ६७ प्रमुख/उप्रमुख छन् । जसको मतभार १ हजार २ सय ६ मतभार हुनेछ । माओवादीको ३३ प्रमुख/उप्रमुख छन् । जसको मतभार ५ सय ९४ हुनेछ । त्यस्तै राप्रपा र नेमकिपा २/२ प्रमुख/उप्रमुख छन् । जसको मतभार ३६/३६ हुनेछ । त्यस्तै जसपाका १ छन् जसको मतभार १८ हुनेछ ।

स्थानीय तहमा ओली समूहको मतभार १ हजार ५ सय ३० छ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धनको २ हजार ५ सय ७४ मतभार हुनेछ ।

ओली समूहका उम्‍मेद्‍वार बादलको प्रदेश सभामा १ हजार ६ सय ८० र स्थानीय तहमा १ हजार ५ सय ३० गरी ३ हजार २ सय १० मतभार हुनेछ । त्यस्तै कांग्रेस, माओवादी र नेपाल समूहको गठबन्धन उम्‍मेद्‍वार देवकोटाको प्रदेश सभामा ३ हजार २ सय २४ र स्थानीय तहमा २ हजार ५ सय ७४ मतभार गरी ५ हजार ७ सय ९८ मतभार रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending