नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् ।
कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
प्रहरीले सङ्कलन गरेको सिलिन्डर जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा राखिएको गिरीले बताए ।
व्यवसायीसँग प्रहरीले सङ्कलन गरेका अक्सिजन सिलिन्डर जिल्लाभित्रका कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराइने गिरीले जानकारी दिए ।
डिसिसिएमसीको निर्णयानुसार प्रहरीले व्यवसायीसँग अक्सिजन सिलिन्डर प्रदान गर्न आग्रह गरेपछि व्यवसायीले आफूसँग रहेका सिलिन्डर हस्तान्तरण गरेका प्रहरी नायब उपरीक्षक गिरीले बताए।
अक्सिजन सिलिन्डर ग्रिल उद्योग, वर्कशप, कवाड पसलसहित मेटलसम्बन्धी काम गर्ने उद्योग तथा व्यवसायबाट सङ्कलन गरिएको हो । जिल्लामा हालसम्म कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२५ पुगेको छ भने पछिल्ला २५ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८० - २२:००
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ । लोसपाका...
जेष्ठ १७ गते, २०८० - २१:२१
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ...
जेष्ठ १७ गते, २०८० - २०:५९
विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेस भएको छ । सो प्रस्ताव आर्थिक...
जेष्ठ १७ गते, २०८० - २०:५३
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्ण...
जेष्ठ १७ गते, २०८० - २०:०५
काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा ‘स्वास्थ्यमन्त्रीस्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी ए...
जेष्ठ १७ गते, २०८० - १९:५७
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ । बुधबार एन्फा क...
जेष्ठ १७ गते, २०८० - १९:५४
काठमाडौं । चार दिे भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदे...
जेष्ठ १७ गते, २०८० - १८:३३
सोउल । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके)को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार ...
जेष्ठ १७ गते, २०८० - १८:२५
काठमाडौं । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको...
जेष्ठ १७ गते, २०८० - १८:२३
काठमाडौं । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्य...
प्रतिकृया लेख्नुहोस्: